• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा

  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बिच कालिका नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा भएको हो ।

    खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे । नगर प्रमुख रेग्मीले प्रत्येक वडामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको नगर प्रमुखले बताए ।

    पालिकाको १ देखि ११ वटै वडामा घरधुरी सर्वेक्षण गरी शून्यदेखि १५ महिना मुनिका, १६ महिनादेखि २३ महिना सम्मका १ हजार ७ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । जिल्ला खोप समन्वय समिति चितवनले गत असार महिनामा कालिका नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए, नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

    कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेति लगाएतले नगर पूर्ण खोप घोषणा भएकोमा धन्यवाद दिए । सो अवसरमा स्वास्थ्य संस्थाका ३ जना स्वास्थ्यकर्मी, २ जना महिला स्वयमसेविका, १ जना कार्यालय सहयोगी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई कार्यको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित सम्मान, १ देखि ११ वटै वडाहरुले पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्राप्त गरेकाछन् ।

    उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ । खोप लगाउनु अनिवार्य हो । स्वस्थ समाज बनाउन खोप अनिवार्य छ । स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

    पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.