• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना

  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताउनुभयो । राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेका बताउँदै चिनियाँ कम्युनिष्ट पार्र्टीको २०औँ केन्द्रीय समितिको तेस्रोे राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण छन् भन्नुभयो । उहाँले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    “यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले चिनियाँ कम्युनिष्ट पार्र्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

    उहाँले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पार्नुभयो । चिनियाँ राजदूतले भन्नुभयो, “सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ”। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ । नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ ।

    बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।” नेपाल र चीनबीचको सम्बन्ध सरकारीस्तमा मात्र नभई जनस्तरमा पनि प्रगाढ बन्दै गएको बताउँदै उहाँले जनता–जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवद्र्धनका लागि उपयोगी भएको बताउनुभयो । उहाँले प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनको विकास र समृद्धिको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै विषय छन् भन्नुभयो । पारस्परिक सहयोगलाई दिगो बनाउन जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले हाम्रा संस्था प्रामाणिक, निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित रहेका बताउनुभयो । चाइना मिडिया गु्रपका एसिया–प्रशान्त निर्देशक छा ओइ छाओ इले नेपालको परिचय आत्मीय र सरल नेपालीको हार्दिकताले दिनेगरेको बताउँदै हरेक पटक आफूलाई नेपाल आउँदा पुरानो मित्रको घरमा आएजस्तो अनुभव हुन्छ भन्नुभयो ।

    नेपाल विकासपथको खोजीमा सक्रिय रहेको बताउँदै उहाँले स्वतन्त्रता, आत्मसुदृढीकरण र विकास समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको पाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हिमालयको वारिपारि रहेका चीन र नेपालका बीच सर्वोच्च शिखर सगरमाथा रहेको र दुई देशका जनताबीचको सम्बन्ध पनि त्यति नै उच्च रहेको आफ्नो ठम्मयाइ उहाँले सुनाउनुभयो । सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.