हेटौंडा । बिहिवार बिहान मकवानपुरमा ४२ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार २३ जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४१ जना र मकवानपुरगढि गाउपालिकाका १ जना रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ का सबैभन्दा धेरै १२ जनामा कोरोना पुष्टि भएको छ । निरीक्षक चौलागाईंका अनुसार कार्तिक १२ गते संकलन गरिएको स्वाब मध्ये ६९ जनको परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।









