• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल

  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उहाँहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो ।

    सो अवसरमा कार्यकारी अध्यक्ष झाले रासस र चाइना मिडिया ग्रुपबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । छ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चाइना मिडिया ग्रुपबीचको सहकार्यले समाचार सेवा आदनप्रदान मात्र नभइ दुई मुलुकको जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने उहाँको विश्वास छ ।

    “समाचार सहकार्यको सम्बन्ध सधैँ कायम रहिरहनुपर्छ, हामी निरन्तर सहकार्यको पक्षमा छौँ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “एक वर्षअघि चीनको ग्वान्जाओमा भएको ‘वल्र्ड मिडिया समिट’ मा म सहभागी भएको थिएँ, हालै राससका प्रधानसम्पादक उत्तम सिल्वालले चीन सरकारको निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभएको थियो, भ्रमण आदानप्रदानले एकअर्कालाई, चिन्न, समस्या बुझ्न र समाधान पहिल्याउनका साथै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न वातावरण निर्माण गर्नेछ ।”

    दुई देशका पत्रकारबीचको सम्बन्ध जति बढी सुदृढ र घनिष्ट हुन्छ, जनस्तरको सम्बन्ध पनि त्यत्तिनै कसिलो हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । द्विपक्षीय भ्रमण आदनप्रदानलाई आगामी दिनमा निरन्तरता दिई सहकार्यको सम्भावना खोज्नुपर्ने उहाँको भनाइ थियो । चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यीले दुई मुलुकका समाचार संस्थाबीच प्रविधि हस्तान्तरण, तालिम आदनप्रदान जस्ता कार्यमा सहकार्य गर्न सकिने बताउनुभयो ।

    उहाँले समाचार सेवा आदनप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले दुई संस्थाहरुबीच सहकार्यको सम्झौता गरेर अगाडि बढ्न मिडिया ग्रुपले प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक यीले सांस्कृतिक सम्पदा र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण काठमाडौँ बसाइँ र यहाँका जनताको आतिथ्यताबाट आफू प्रफूल्लित भएको बताउनुभयो ।

    निर्देशक यीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको बेइजिङमा सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व सम्बन्ध खुला र विस्तार गर्ने तथा आधुनिक विकासमा सहकार्य गर्ने निर्णय गरेबमोजिम मिडिया ग्रुपले सम्बद्ध मुलुकबीच सहयोग आदनप्रदानका साथै एकअर्काबाट पाठ सिकेर अगाडि बढ्ने रणनीति लिएको स्पष्ट पर्नुभयो । हङ्कङमा मुख्यालय रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रसान्त निर्देशक यीले एयिसा–प्रसान्त क्षेत्रका ४१ मुलुकसँग सहकार्य अघि बढाउने जिम्मेवारी पाउनभएको छ । चाइना मिडिया ग्रुप ६ वर्षअघि चीनका विभिन्न सञ्चार माध्यम गाभिएर बनेको समाचार संस्था हो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.