• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री पौडेल

  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज यहाँ आयोजित ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    “विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य ग¥यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन् । यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभभयो ।

    “लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन । यसर्थ मानवअधिकारको रक्षा र सबल अवस्थाका निर्माणका लागि लोकतन्त्र अपरिहार्य छ । यसमा नेपाल सरकार प्रतिबद्ध छ”, उहाँको भनाइ थियो । उपप्रधामन्त्री पौडेलले मानवअधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले मानवअधिकारको पक्षमा इन्सेकले गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

    इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले आफूमाथि भएको अन्याय र न्यायका लागि लड्नु मानवअधिकार क्षेत्रको ठूलो आन्दोलन हो भन्नुभयो । उहाँले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारको रक्षाका लागि मानवअधिकारका विषयमा व्यापक सचेतता जगाउन आवश्यक छ भन्नुभयो ।

    इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताउनुभयो । इन्सेकले यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो । उहाँ सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत हुनुहुन्छ । पुरस्कार ग्रहणपश्चात मन्तव्य राख्नुहुँदै तामाङले निर्दाेष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भएपनि न्याय मिल्ने आशा रहेको बताउनुभयो ।

    गतवर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि रु ५० हजार रहेको छ । ३२औँ प्रकाश स्मृति दिवस तथा ३०औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुआत गरेको छ । जर्नल त्रैमासिक रूपमा प्रकाशन हुने इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराउनुभयो ।

    इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलङ्कामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाइ एअरको दुर्घटनामा परेर निधन भएको थियो । दुर्घटनामा काफ्लेसहित एक सय १४ जनाको निधन भएको थियो । मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत हुनुभएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.