• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पर्यावरण संरक्षण गर्न झापामा धमाधम वृक्षारोपण गरिँदै

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

    उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत लिच्ची, आँप, कागती, जामुनलगायत बिरुवा रोपिएका छन् । अभियानमा दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति सहभागी छन् । कोशी प्रदेश वन मन्त्रालय र डिभिजन वन कार्यालय उदयपुरबाट बिरुवा अनुदानमा ल्याएको र केही बिरुवा पार्टीले आफ्नै खर्चमा खरिद गरेर वितरण गरेको जनाइएको छ ।

    डिभिजन वन कार्यालयले यस वर्ष चार लाख ४० हजार बिरुवा वितरण गरिने बताएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुङ्गा, भद्रपुर र हल्दीबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा धमाधम वितरण भइरहेका बताउनुभयो । वन कार्यालयले लिच्ची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुसुम, कदम, कल्कीलगायत फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको छ । शिवसताक्षी–६ र मेचीनगर–४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । मेचीनगरको एक लाख र शिवसताक्षीको पाँच लाख बिरुवा रोप्ने लक्ष्य छ ।

    अभियानअन्तर्गत अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकीलगायत रुख तथा छाँयादार फलपूmलका बिरुवा रोपिएका छन् । बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भएनभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएका छन् । राष्ट्रिय युवासङ्घले यस वर्ष ३० हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको सङ्घकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेले बताउनुभयो । हालसम्म २५ हजार बिरुवा रोपिसकेको उहाँले बताउनुभयो ।

    सहिद नेत्र उद्यानमा एक हजार छ सय सुपारीका बिरुवा, सुखानी सहिद उद्यानमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका उहाँले जानकारी दिनुभयो । मेचीनगर–४ को प्रकृति उद्यानमा वृक्षारोपण गर्न सामाजिक संस्थाहरूको लर्को नै लाग्ने गरेको छ । मेचीनगर प्रेस क्लब, वान नेपाल, रोटरी क्लब, जेसिजलगायत संस्था बिरुवा बोकेर वृक्षारोपणका लागि प्रकृति उद्यान आउने गरेका वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले यस वर्ष उद्यानमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको सुनाउनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.