• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

ढुङ्गा नपाउँदा नारायणीको कटान मर्मत हुन सकेन

  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदीले कटान गरेको पश्चिम चितवनको सिश्वार क्षेत्रमा ढुङ्गा अभावमा मर्मत हुन सकेको छैन । भरतपुर महानगरपालिका–२६ सिश्वारमा नदीले दुई ठाउँमा कटान गरेको छ । नदीमा थप बाढी आएमा बस्ती पस्नसक्ने उच्च जोखिम छ । गत साता भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सरोकारवालाले अनुगमनगरी तत्काल ती ठाउँमा ठूला ढुङ्गा राखेर नदी कटान रोक्ने निर्णय गरेको थियो ।

    भरतपुर महानगरपालिकाले तत्कालका लागि रु २० लाख दिने निर्णय गरेको छ । कामको जिम्मेवारी नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरलाई दिइएको छ । कार्यालयका प्रमुख मनोहरकुमार साहले ठूला ढुङ्गा नपाउँदा काम प्रभावित भएको बताउनुभयो । उक्त ठाउँमा कम्तीमा चार सय घनमिटर ठूला ढुङ्गा राख्नुपर्ने हुन्छ । अहिलेसम्म दुई सय घनमिटर ढुङ्गा राखिएको भन्दै प्रमुख साहले त्यो ढुङ्गा पानीभित्र नै डुबेको बताउनुभयो । सो क्षेत्रमा तटबन्धन नगरिएको तीन सय मिटर क्षेत्र कटान भएको छ ।

    साहले ढुङ्गाका लागि भरतपुर महानगरपालिका–२९, कालिका नगरपालिका र मकवानपुरको मनहरीमा हेरिएको भए पनि टुङ्गो लागि नसकेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकालाई पत्राचार गरेर वडा नं २९ को ढुङ्गा निकासीका लागि आग्रह गरिएको भन्दै उहाँले अन्यत्र जहाँबाट भए पनि ढुङ्गा पाउनासाथ काम गरिने बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालका लागि रु २० लाख महानगरपालिकाले विनियोजन गरेको भन्दै बजेटका कारण काम नरोकिने बताउनुभयो ।

    महानगर क्षेत्रभित्र ढुङ्गा भेटिएमा आवश्यक सहजीकरण गरेर काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कटान तत्काल रोक्नुपर्छ, त्यसका लागि महानगरपालिकाले गर्नुपर्ने सबै काम गर्न तयार छ ।” नारायणी नदीमा तटबन्ध नगरिएका क्षेत्रमा नदी कटान भएको छ । १० वर्ष अघि तटबन्ध गरिएको वडा नं २८ मा गरेको कटान रोक्न ठूला ढुङ्गा राखिएको छ । वडा नं १६ र १७ मा पनि नदीले कटान गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणी नदी व्यवस्थापन आयोजनालाई ढुङ्गा खोज्न भनिएको र आवश्यक सहजीकरणका लागि आफूहरु सकारात्मक रहेको बताउनुभयो । समयमै सो क्षेत्रमा ढुङ्गा नराखिएमा नदीले थप कटान गरेमा पश्चिम चितवनमा ठूलो क्षति व्यहोर्नुपर्ने स्थानीय बताउँछन् । तटबन्ध गरिएका कारण अन्य अधिकांश क्षेत्र सुरक्षित छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.