• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

एक्सपर्टको वार्षिकोत्सव अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण

  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०,स्थित एक्सपर्टबेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो । विहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा दुईसय जनाको आँखा परीक्षण गरिएको थियो । चितवन आँखा अस्पतालकादृष्टि विशेषज्ञ डा.किशोर गौतमले आँखा परीक्षणको क्रममा धेरैजसोमा दृष्टिदोषको समस्या देखिएको बताए ।

    केहीमा कम्प्युटर भिजन, आँखा सुख्खाको समस्या देखिए पनि गम्भिर प्रकृतिको समस्या नदेखिएको गौतमले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको पूर्व परीक्षणपछि आँखा परीक्षण गरिएको थियो ।शिविरमा दृष्टि सहायक प्रभात यादबलगायत प्राविधिकहरु सहभागि भएको चितवन आँखा अस्पतालका जनसम्पर्क अधिकृत असिमबाबु हमालले जानकारी दिए । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक्सपर्टका कर्मचारी, विद्यार्थी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गरेर वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको बताए ।

    उनले यस शिविरबाट विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भएको भन्दै आगामि दिनमा यसखालको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले सहकार्यका लागि चितवन आँखा अस्पताललाई धन्यवाद दिए । एक्सपर्ट एजुकेशनले यही साउन २४ गते अर्थात् अगष्ट ८ दिनका दिन भव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ । यही अवसरमा एक्सपर्ट विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । वार्षिकोत्सवकै अवसरमा अन्तर स्कुल÷कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम सम्पन्न भइसकेको छ ।

    जसमा भरतपुरको एपेक्स कलेज प्रथम स्थान हासिल गरेको थियो । वार्षिकोत्सवकै अवसरमा भोलि (बुधबार) साँझ देवघाटस्थित वृद्धाश्रममा भोजन ग्रहणको कार्यक्रम राखिएको छ । वार्षिकोत्सवको दिन साउन २४ गते बिहीबार विहान रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमा वार्षिकोत्सव मुल समारोह कार्यक्रम हुनेछ । सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ ।

    सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.