• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुरमा डुबान समस्या हट्दै

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो । देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको थियो । यो वर्ष साउन बित्न लाग्दासमेत भरतपुरका स्थानीयबासिन्दाले डुबानको समस्या भोग्नुपरेको छैन ।

    भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा बितेका वर्षहरुमा ठूलो पानी पर्दा बजार क्षेत्र जलमग्न भएर आधा घण्टा सम्म आवागमनमा समस्या हुने गरेको बताउनुहुन्छ । यो वर्ष अहिलेसम्म बजार क्षेत्रमा डुबानको समस्या नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “छ लेन सडकको नाली र सहिदचोकदेखि बेलचोक हुँदै १ नम्बर पुलसम्म नाली बन्यो, पुङ्गी खोला सफाइ भयो । योसँगै बजारमा डुबानको समस्या हट्यो । ” नारायणगढको न्यूरोडमा निर्माणाधीन नाली सम्पन्न भएसँगै बजार क्षेत्रको डुबान समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–१० डुबानको मुख्य समस्यामा थियो ।

    वडाध्यक्ष परमेश्वर खनालले छ लेन सडक र बाईपास सडकका नाली, भरतपुर अस्पतालदेखि हाकिमचोकसम्म, दूरसञ्चार रोड, प्रहरी कार्यालय–मालपोत चोक सडकको नालीलगायत भित्री सडक र मुख्य सडकमा नाली व्यवस्थित गरेसँगै समस्या हटेको जानकारी दिनुभयो । वडा नं ११ र १२ ले बाईपास सडकबाट केरुङ्गा घोलसम्म नाली बनाएपछि यी वडामा डुबानको समस्या घटेको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरेसँगै भरतपुरको सहरी क्षेत्रको डुबान हटेको बताउनुभयो । केही ठाउँमा मात्रै समस्या बाँकी रहेको र ती ठाउँमा पनि समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “पुङगी र केरुङ्गा खोला व्यवस्थित गर्ने काम भइरहेको छ, यसले पूर्णता पाउँदा भरतपुरको मुख्य सहरी क्षेत्रमा डुबानको समस्या हल हुन्छ ।” महानगरले तत्कालीन कामअन्तर्गत भित्री सडकमा नाली बनाउने, पानीको निकासका उपाय खोज्ने काम गरिरहेको छ । मध्यकालीन योजनाअन्तर्गत पुङ्गी र केरुङ्गा खोलाको संरक्षण गरिरहेको छ । खोलाको रोकावट हटाउने र सुन्दरताको काम गरिरहेको छ । जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको साझेदारीमा रु ३० करोड बढीको काम गर्दैछ ।

    प्रमुख दाहालका अनुसार दीर्घकालीन योजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा रु दुई अर्ब बढी लागतमा ठूला ढल व्यवस्थापन आयोजना यसै आवबाट सुरु गर्ने तयारी छ । दाहालले भन्नुभयो, “महानगरपालिकाले विगत सात वर्षदेखि सहरी ढल व्यवस्थापनका लागि निरन्तर काम गरेकाले प्रतिफल देखिन थालेको हो ।” खानेपानी तथा ढल व्यवस्थापन विभागले एसियाली विकास बैंकको सहकार्यमा उक्त आयोजना सञ्चालन गर्न लागेको हो । महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार मन्त्रालयबाट योजना स्वीकृत भइसकेको छ ।

    अर्थ मन्त्रालयले एसियाली विकास बैंकसँग सम्झौता गरेसँगै काम अघि बढ्ने छ । उहाँले भन्नुभयो, “बैंकसँग सम्झौता हुनासाथ बोलपत्र आह्वान गरेर काम अघि बढ्छ ।” भरतपुर महानगरपालिकामा रु। दुई अर्ब ५० करोड लागतमा ढल निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.