• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

नेपालले एलडीसीमा स्तरोन्नति पछिका चुनौतीकम गर्न बहु–आयामिक रणनीति अपनाउनुपर्छ : अध्ययन

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतिलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने कुरा नयाँ अध्ययनले औल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआईपी)को सहयोगमा यसबारे अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदन “नेपालको एलडीसी ग्रेजुएशनः डब्लुटीओ दायित्वहरूमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधार सम्बन्धी प्रतिवेदन“ बुधबार काठमाडौं आयोजित सरोकारवालाहरूसँगको सार्वजनिक–निजी संवादमा प्रस्तुत गरिएको थियो।

    अध्ययनले नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने , निर्यात बजारलाई विविधीकरण विविधिकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनु पर्ने आवश्यकतामा जोड दिएको छ । स्तरोन्ति पछि आइपर्ने चुनौतिलाई आफ्नो हीत अनुकुल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमतालाई बलियो बनाउनु पर्नेमा सहभागी नीति निर्माताहरू, व्यापार विशेषज्ञहरू, विकास साझेदारहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको साझा धारणा रहेको छ।

    कार्यक्रमको अध्यक्षता गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ( वाणिज्य तथा आपूर्ति ) कृष्णबहादुर राउतले नेपालको स्तरोन्नति तयारीका सम्बन्धमा निजी क्षेत्रले उठाएका चासो र दिएका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै स्तरोन्नतिबाट नेपालको लागि अधिकतम लाभ सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले एलडिसीबाट स्तरोन्नति नेपालको लागि चुनौती र अवसर दुवै रहेको बताउँदै यसलाई ध्यानमा राखी नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधार जारी राख्न आवश्यक रहेको बताउनु भयो ।

    अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै व्यापार विज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौता लगायत विश्व व्यापार संगठनका नयाँ दायित्वहरूको पालना गर्न सक्ने क्षमता नेपालमा हुनुपर्नेमा जोड दिनुभयो । अन्तरराष्ट्रिय व्यापार केन्द्रका अन्तर्राष्ट्रय विज्ञ अभिजित दासले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्पापारका कडा नियमहरू सामना गर्नु पर्ने तथा भन्सार सुविधाहरू गमाउने जोखिमबारे सचेत गराउँदै एलडीसीबाटको संक्रमण सहज हुने सुनिश्चित गर्न आवश्यक कार्ययोजना बनाइ तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपाल स्तरोन्नतिको लागि अझै परिपक्क नभएको उल्लेख गर्दै महिला व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारमा अधिकतमफाइदा लिन सक्ने गरी तयारीको लागि महिलाको क्षमता बढाउन र सार्वजनिक निजी संवाद व्यापक बनाउन सुझाव जोड दिनुभयो । निजीक्षेत्रका अन्य प्रतिनिधिहरूले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेको कारण नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योगहरू जोखिममा जानसक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकहरूसँग नेपाली वस्तुको लागि विशेष सुविधाको लागि अनुरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

    अध्ययनले नेपालले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) र ड्युटी–फ्री कोटा–फ्री योजनाहरू अन्तर्गत व्यापार प्राथमिकताहरू गुम्न सक्ने र उच्च निर्यात शुल्कको सामना गर्नुपर्ने जोखिम औल्याएको छ। साथै अध्ययनले गैह्रभन्सार अवरोधहरू सम्बोधन गर्न राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रिय स्तरको विकास, प्रमुख व्यापार साझेदारहरूसँग पारस्परिक मान्यता सम्झौताहरू, नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादनहरू प्रवर्द्धन, स्तरोन्नति भएका अन्य देशहरूको अनुभव लगायतमा ध्यान दिन सकिएमा नेपालको लागि सहयोग पुग्ने सुझाव दिएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.