चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमाआज (बुधबार) देवघाटमा आश्रित वृद्धवृद्धाहरुलाई साँझको भोजन ग्रहण गराइएको छ । तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्रमाआश्रित असाहय वृद्धवृद्धाहरुलाई एक्सपर्टले भोजन ग्रहण गराउनुको साथै फलफूल र लत्ताकपडा वितरण गरेको छ ।
एक्सपर्ट चितवनकाअध्यक्ष घननाथ अर्याल, प्रबन्धनिर्देशक डिल्लीरामअधिकारीलगायतले वृद्धृवद्धाहरुलाई फलफूलतथा लत्ताकपडा वितरण गरेका थिए । सो क्रममाबोल्दै प्रबन्धनिर्देशक डिल्लीरामअधिकारीले २२औं वर्षमाप्रवेशको पूर्वसन्ध्यामा आमाबुबाबाट आर्शिबादलिदै भोजन ग्रहण, फलफूल र लत्ताकपडा वितरण गरिएको बताए । उनले वार्षिकोत्सवको अवसरमाविभिन्नकार्यक्रमगर्दै आएकोमाअसाहय वृद्धवृद्धालाई ध्यानमा राखेर यो कार्यक्रमगर्दै आइरहेको बताए । एक्सपर्टचितवनकाअध्यक्ष घननाथ अर्यालले वृद्धवृद्धालाई सेवा गर्ने सबै हातलाई धन्यवाददिए ।
उनले संस्थाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । देवघाट क्षेत्र विकास समितिकासूचनाअधिकारी पुष्पराजपौडेलले दाताहरुकै सहयोगबाट आश्रम संचालनभइरहेको बताए । उनले हेर्ने मान्छे नभएर या अन्य समस्याले एक्लो भएका वृद्धवृद्धालाई नभई विल्कुलै असाहय वृद्धवृद्धालाई मात्रै राख्ने गरिएको बताए । एक्सपर्टले वार्षिकोत्सवको अवसरमामंगलबार एक्सपर्ट बेस क्याम्पमानिःशुल्कआँखा परीक्षण शिविर गरेको थियो । त्यस्तैअन्तर स्कुल÷कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रमसमेत सम्पन्नभइसकेको छ ।
एक्सपर्ट एजुकेशनले भोलि (बिहीबार) अर्थात् अगष्ट ८ का दिनभव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ । वार्षिकोत्सवको दिनभोलिबिहीबार विहान७ रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहतखुल्ला रक्तदानकार्यक्रमआयोजनागरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमावार्षिकोत्सवमुल समारोह कार्यक्रमहुनेछ । सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविधप्रतियोगिताकाविजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहुनेछ ।
सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्मभएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमामात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीनअफिस छन् । एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालनगर्दै आइरहेको छ ।









