हेटौडा। बिहिवार बिहान मकवानपुरमा ५९ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार ३६ जना पुरुष र २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउपालिकाका ५ जना र बकैया गाउपालिकाका १ जना रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २ का सबैभन्दा धेरै ९ जनामा कोरोना पुष्टि भएको छ भने वडा नम्बर ५ र ९ मा ८-८ जनामा संक्रमण पुष्टि भएको छ । निरीक्षक चौलागाईंका अनुसार कार्तिक १३ गते संकलन गरिएको स्वाब मध्ये ११० जनको परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।









