काठमाडौं । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।
चितवन जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टकाे काठमाडाैं जिल्ला अदालतमा सरूवा भएकाे छ भने दार्चुलाबाट न्यायाधिश ध्रुवकुमार ढकाल चितवन आउने भएका छन् ।
यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो। परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ।








