• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । “हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्याैं, राजनीतिक परिवर्तनका लागि काम गर्याैं, अब त्यो अवस्था छैन, अहिले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको छ ।

    प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुनेगरी सबैको आर्थिक समृद्धि गराउनतर्फ लाग्नुपर्छ,” उहाँले भन्नुभयो । जिम्मेवारी र दायित्वबाट पन्छिएर आरोपप्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक–सामाजिक रुपान्तरण गर्न लाग्नुपर्ने बताउनुभयो । “युवा बेरोजगारी समस्याबाट पीडित छन्, दैनिक एक हजार सात सयदेखि दुई हजार पाँच सयको सङ्ख्यामा युवा देशबाट बाहिरिने गरेको तथ्याङ्क छ । विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ, शिक्षा, स्वास्थ, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको छ,” उहाँले भन्नुभयो ।

    उपप्रधानमन्त्री सिंहले सत्य र असत्य कुरा छुट्याउन सक्नुपर्छ भन्नुहुँदै नकारात्मक मानसिकतामा आधारित रहेर लेखिएको कुरालाई पनि सबै सत्य नै हो भनेर त्यसैलाई सही हो भन्ने आधारमा हेर्न सकिँदैन भन्नुभयो । उहाँले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरु सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिक परिवर्तनमा मात्रै हैन, आर्थिक–सामाजिक परिवर्तनमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । अवस्था परिवर्तन गर्न युवाले जिम्मेवारी बोध गर्दै काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जालद्वारा १२ बुँदे माग समेटेर जारी गरिएको घोषणापत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘भिजन २०२५’ का बारेमा आवश्यक छलफल गरेर काम गर्ने तथा भदौ महिनाभित्रै राष्ट्रिय युवा नीति जारी हुने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । विकृति र विसङ्गति अन्त्य गर्नेगरी डिजिटल प्रविधिलाई उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । शिक्षण पेसामा युवाको सहभागिता आवश्यक रहेकामा उहाँको जोड थियो । युवा परिषद्मार्फत पाँच वर्षमा तिर्नेगरी निव्र्याजी रु पाँच लाख व्यवसाय गर्नका लागि ऋण उपलब्ध गराइएको जानकारी गराउँदै मन्त्री चौधरीले यसको सदुपयोग गर्न अनुरोध गर्नुभयो । “मन्त्रालयको ६० प्रतिशतभन्दा बढी बजेट राष्ट्रिय खेलकुद परिषद्मा जाने गरेको छ, शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ, खेलकुद परिषद्मार्फत सञ्चालन हुने कार्यक्रमलाई सही सदुपयोग गर्न र लाभ हासिल गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

    नेपालमै बसेर काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदै गएको भन्दै मन्त्री चौधरीले शिक्षण पेसामा लाग्ने व्यक्तिको अभावले विदेशबाट ल्याउनुपर्ने अवस्था आएकोतर्फ युवालाई सचेत गराउनुभयो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रविधिको युगमा युवाहरु निराश हुनुपर्ने अवस्था नरहेको भन्दै देशभित्रै भविष्य खोज्न लाग्नुपर्ने बताउनुभयो । उहाँले काम सानो र ठूलो नहुने भन्दै आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताउनुभयो । बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै उहाँले १३ जिल्लाका युवालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अन्तर्राष्ट्रिय युवा दिवसले युवाको सक्रियतामा विश्वव्यापी छलफल, बहस र दिगो विकास लक्ष्यका लागि साझा थलोको परिकल्पना गरेको बताउनुभयो । उहाँले युवा राष्ट्र निर्माणका लागि निरन्तर क्रियाशील हुनुपर्ने र प्रविधिमार्फत दिगो विकास लक्ष्य हासिल गर्दै गरिबी निवारणमा लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टण्डनले देशको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्दै मानव संसाधनको उपयोग गरी आर्थिक सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अहिलेको अवस्थामा देशभित्रै आशा, भरोसाका साथै उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्न सक्नुपर्ने बताउनुभयो ।

    सामाजिक अभियन्ता रमण भट्टराई र नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष विकल राईले सफलताका लागि सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । हरेक वर्ष अगस्त १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाइँदै आएको छ । ‘दिगो विकास लक्ष्यमा अभिवृद्धि र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँचको अभिवृद्धि’ नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.