• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

त्रि–दिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमको समापन

  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।   भरतपुरस्थित अब्कुरम् एकेडेमीमा सञ्चालित त्रि–दिवसीय अब्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम विभिन्न प्रस्तावहरु पारित गर्दै आइतबार समापन गरिएको छ । गत शुक्रबार सुरू भएको उक्त अभ्यास कार्यक्रममा चितवनसहित विभिन्न जिल्लाका २८१ जना विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को प्रतिनिधत्व गरेका सभापति अविप्श्या कार्की सभापति र उपसभापति ऋति श्रेष्ठको समितिले समतामूलक समाज निर्माणका लागि वर्गभेद उन्मूलन’मा बहस गरी समतामूलक समाज निर्माणका लागि शैक्षिक सुधार र सबैलाई अवसर प्रदान गरी वर्ग, जातीभन्दा माथि उठेर आदर्श समाज निर्माण गर्ने निर्णय पारित गरेको छ ।

    त्यसैगरी, समृद्धि क्षेत्री सभापति र सिर्जना लम्साल उपसभापति रहेको संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम समितिले प्लाष्टिकको अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने मुद्दामाथि बहस गरी जलस्रोतमा प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्नका लागि नीति निर्माण गर्दै नवीनतम् प्रविधिको प्रयोग गरी विश्व समुदायसँग हातेमालो गर्ने निर्णय पारित गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रतिनिधित्व गरेका सभापति पल्लव अधिकारी र उपसभापति दिमिसा विष्टको समितिले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयासबारे युद्धका कारणबारे अध्ययन गरी स्थायी शान्ति स्थापनाका लागि दुवै देशलाई सुझाव दिने प्रस्तावहरु पारित गरेको छ । त्यसैगरी संयुक्त राष्ट्र बालकोषको सभापतिको प्रतिनिधित्व गरेकासभापति शुभांसराज के.सी र उपसभापति जोएल के.सी.को समितिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पुर्याउने रणनीति निर्माणका लागि विभिन्न मुद्दामाथि बहस गरी दिगो शान्तिका लागि अधिकतम् प्रयास गर्ने प्रस्तावहरु पारित गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघकै अर्को समिति विश्व स्वास्थ्य संगठनको प्रतिनिधित्व गरेको साजन अधिकारी सभापति र आकर्षा सापकोटा उपसभापति रहेको समितिमा विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति’माथि छलफल गरी आर्थिक स्रोत जुटाउँदै विश्वव्यापीरुपमा मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसेवाका रुपमा दर्ज गराउन प्रयास गर्ने प्रस्ताव पारित गरिएको छ । कार्यक्रममा संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रमअन्तर्गत क्रोएसियाका प्रतिनिधिले सवोर्त्कृष्ट प्रतिनिधि, इण्डोनेसियाका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, जाम्बियाका प्रतिनिधिले उत्कृष्ट कार्यपत्र, घानाका प्रतिनिधिले विशेष उल्लेखनीय प्रतिनिधिको पुरस्कार जितेका थिए । त्यस्तै, संयुक्त राष्ट्रसंघ बालकोष कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट प्रतिनिधिको उपाधि बहराइनका प्रतिनिधिले जिते भने रूवाण्डाका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, केन्याका प्रतिनिधिले विशेष उल्लेखनीय प्रतिनिधि प्रतिनिधिको पुरस्कार जितेका थिए ।

    त्यसैगरी, विश्वस्वास्थ्य संगठनअन्तर्गत सर्वोत्कृष्ट प्रतिनिधि भारत, उत्कृष्ट प्रतिनिधि म्यानमार, उत्कृष्ट कार्यपत्र माल्टा र विशेष उल्लेखनीय प्रतिनिधिको उपाधि इजरायलका प्रतिनिधिले जितेका छन् । त्यसैगरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तगर्त प्यालेस्टाइनका प्रतिनिधिले सर्वोत्कृष्ट प्रतिनिधि, भारतका प्रतिनिधिले उत्कृष्ट प्रतिनिधि, अमेरिकी प्रतिनिधिले उत्कृष्ट कार्यपत्र र इजराइली प्रतिनिधिले उल्लेखनीय प्रतिनिधिको उपाधि जितेका छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघकै अर्को मानवअधिकार परिषद्अन्तर्गत अष्ट्रियाका प्रतिनिधि सर्वोत्कृष्ट, सुडानका प्रतिनिधि उत्कृष्ट, भारतका प्रतिनिधि उत्कृष्ट कार्यपत्र र श्रीलब्काका प्रतिनिधिले उल्लेखनीय प्रतिनिधिको पुरस्कार जितेका थिए । स्नेह कर्माचार्यले नेतृत्व गरेको अन्तर्राष्ट्रिय प्रेसअन्तर्गत सुरक्षा परिषद् हेरेका अनिश बरालले सर्वोत्कृट अन्तर्राष्ट्रिय मिडियाकर्मीको पुरस्कार पाए ।

    कार्यक्रममा रूपेश घिमिरे, आश्ना कोइराला, प्रिशा न्यौपाने, क्रिष्टल अधिकारी, प्रशन्न ओली र राजन पौडेलले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए । गत शुक्रबार सुरू भएको कार्यक्रमको उद्घाटन भरतपुर महनगरपालिका सामाजिक विकास संयोजक परमेश्वर खनालले गरेका थिए । स्वतन्त्ररुपले आयोजना गरिएको यो अभ्यास कार्यक्रम चितवनमा पहिलो भएको र यति ठूलो संख्यामा सहभागी भई आयोजना भएको काठमाडौँ उपत्यकाबाहिरको यो पहिलो कार्यक्रम भएको कार्यक्रमको संयोजन गरेका मावि तहप्रमुख अर्जुनजी शर्माले जानकारी दिए । कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्राचार्य सुमन पौडेलले विशाल मञ्च भएको र यस मञ्चमार्फत् सहभागीले कुटनीतिक सीपको विकास गरी आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाउने बताए ।

    उनले भने, यो एउटा विशाल मञ्च हो, जहाँ सहभागीले आफूभित्रको प्रतिभा प्रदर्शन गरी विश्वव्यापी समस्याको जानकारी लिने, त्यसको कारण पत्ता लगाई समाधनसमेत सुझाउन सक्छन् ।’ मञ्च र मास’मा बोल्न हिच्किचाउने विद्यार्थीका लागि पनि कार्यक्रम निकै उपयोगी छ’, उनले भने । कार्यक्रमका महासचिव सहप्राचार्य ओमराज मैनालीले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीहरुले सामाजिकीकरणको महत्व बोध गरेको, डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।

    चितवनमै पहिलोपटक सञ्चालन भइरहेको अब्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अब्कुरम्– मोडेल युनाइटेड नेसन्स (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत २८१ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले बहस गरेका थिए । उनीहरुले विश्वव्यापी समस्याका बारेमा आफूहरु ले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएका हुन् । कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अब्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्कीले बताइन् ।

    उनले भनिन्, हामीहरु भारतका विभिन्न प्रख्यात विश्वालयहरुमा लगातार तीन वर्षसम्म आयोजित कार्यक्रमहरुमा सहभागी हुने मौका पाएर अहिले आफ्नै विद्यालयमा विशिष्ट किसिमको कार्यक्रम आयोजना गर्न सफल भयौँ ।’ अभ्यास गरिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अब्गहरुमध्ये प्रत्येक अब्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको थियो भने प्रत्येक अब्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने गरी अध्ययन, अनुसन्धान र बहस गरेका थिए । कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाई विद्यालयका आवासीय निर्देशक नईम चौधरी, कार्यकारी निर्देशक, युवराज शर्मा, निर्देशक सरला पौडेल, कार्यक्रमका सल्लाहकार एवं प्राचार्य सुमन पौडेल, सहप्राचार्य एवं महासचिव ओमराज मैनाली, उपमहासचिव प्राध्यपाक रीताकुमारी उपाध्याय र कार्यक्रम संयोजक अर्जुनजी शर्मालगायतले प्रमाणपत्र, ट्रफी र मायाको चिनो वितरण गरेका थिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.