• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

फोनिजले मनायो स्थापना दिवस : फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग

  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो। २५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो।

    कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुुर गुरूङ प्रमुख वक्ताका रूपमा उपस्थित भएका थिए। फोनिजको स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनमा फोनिजको उपस्थिति र फोनिजले खेलेको भूमिकाको विषयमा संस्थापक अध्यक्ष एवम् संरक्षक चौधरीले प्रष्ट पारेका थिए। स्थापनाकालमा नेपाल आदिवासी जनजाति पत्रकार संघको रूपमा स्थापना भएको बताउँदै चौधरीले भने, ‘त्यतिखेर हाम्रो सङ्ख्या ज्यादै कम थियो।

    बीचमा आएर त्यतिबेलाको संघ महासंघ बन्यो। र, फोनिजकर्मीको सङ्ख्या पनि बढ्यो। तर, अहिले फेरी सङ्ख्या घटेको छ।’ फोनिजको स्थापना भएपछि मात्रै आदिवासी जनजाति समुदायको हकअधिकार र मुद्धाका विषयमा सञ्चारमाध्यममा स्थान पाएको उनले दाबी गरे। ‘फोनिज स्थापना भएपछि बल्ल हाम्रा दबिएका आवाजले सञ्चारमाध्यममा स्थान पाउन थाल्यो,’ उनले भने, ‘हाम्रो आवाज बाहिर ल्याउन सफल भएपछि बल्ल जनजातिका आन्दोलन पनि बलियो बन्दै गयो।’

    कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल आदिवासी जनजाति महासंघ चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरूङले आदिवासी जनजातिका आन्दोलनलाई दशव्यापी प्रचार गर्न र राज्यसंयन्त्रसम्म पुर्‍याउनको लागि फोनिजको आवश्यकता भएरै पत्रकारहरूको संस्था जन्मिएको बताए। ‘पहिलेपहिले हामीले आन्दोलनका क्रममा धेरै दुःख पायौँ । तैपनि दिनभरी आन्दोलन गरे पनि हाम्रा कुरा बाहिर ल्याउन सहज थिएन,’ उनले भने, ‘अहिलेजस्तो प्रविधिको विकास पनि भइसकेको थिएन ।

    त्यसैले त्यतिबेला हामीले फोनिज जन्मायौँ। आज त्यही संस्था २५ वर्ष पुगेछ।’ चितवनमा भने फोनिजले २०६७ सालदेखि संस्थागतरूपमा काम गर्दै आएको छ। त्यसयता आदिवासी जनजातिका गतिविधिलाई फोनिजको माध्यमबाट बाहिर ल्याउन धेरै सहज भएको नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले बताए। फोनिजलाई बलियो बनाउन आदिवासी जनजाति महासंघको जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै उनले भने, ‘फोनिजका साथीहरूकै कारण पछिल्ला समय हामीले गरेका सबैजसो गतिविधिले कहीँ न कहीँ स्थान पाएको छ।

    हाम्रो कुरा पनि एक ठाउँको कार्यक्रमबाट जनमानसमा छर्न पाएका छौँ।’ फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरूङले पछिल्लो समय सञ्चारमाध्यममा आइका नयाँ फोनिजकर्मीलाई संस्था स्थापना र संस्थाको महत्त्वका विषयमा पुनर्ताजगी दिलाउनको लागि रजत वर्षको उपलक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिए।

    फोनिज चितवनकी सहसचिव सविता दराईले स्वागत मन्तव्य दिएको कार्यक्रममा फोनिज चितवनका संस्थापक एवम् पूर्वसचिव/पूर्व सङ्घीय सदस्य राजु चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलगायतको उपस्थिति थियो।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.