चितवन । नारायणीनदीको पुलवाट फेरि एकजना पुरुष हाम फालेर बेपत्ता भएका छन् । सवा ४ बजेको समयमा पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता भएका हुन ।
हाम फाल्ने व्यक्ति अन्दाजी ३५ देखि ४० वर्ष उमेरको हुन सक्ने अनुमान गरिएको छ । उनको नाम, थर, वतन खेलेको छैन । पुलवाट हामफालेको देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त भएलगतै बिपद् सहितको टोली खटिएर खोजतलास गरिरहेको चितवन प्रहरीले जनाएको छ । यस अघि साउन २६ गतेपनि एकजना पुरुष पुलबाट हाम फालेर बेपत्ता छन् ।








