• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

मैयादेवी कन्या क्याम्पसको छात्रवृत्तिमा छोरीबुहारीलाई प्राथमिता

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँस्थित मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ । साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग र बागमती प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्ति पनि प्रदान गरिरहेको छ । ती निकायले छात्रवृत्तिमा छोरीबुहारीहरुलाई प्राथमिकता दिएपछि क्याम्पसमा २५ प्रतिशतभन्दा बढी विद्यार्थीले विभिन्न तहका छात्रवृत्ति पाएका हुन् ।

    क्याम्पसका प्राचार्य भोजराज न्यौपाने क्याम्पसमा पढ्न चाहने जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण पढ्न नरोकिएको बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव गरिएअनुसार अत्यावश्यक विद्यार्थीका लागि छात्रवृत्ति प्राप्त हुने गरेको छ । वार्षिक ५० जनाभन्दा बढीले आयोगबाट प्रत्यक्ष रुपमा छाात्रवृत्ति पाउने गरेका छन् । बागमती प्रदेश सरकारले दिएको छोरीबुहारी छात्रवृत्ति कार्यक्रमबाट २६ जना लाभान्वित भएका छन् । क्याम्पसमा कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पठनपाठन हुन्छ । कक्षा १२ मा दुई सय ६१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा भर्ना हुने क्रम जारी छ ।

    स्नातकमा शिक्षा र व्यवस्थापन सङ्कायमा सात सय विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तरका यिनै दुई सङ्कायमा दुई सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार क्याम्पसमा आउने विद्यार्थीमध्ये ४० प्रतिशतभन्दा बढी जिल्ला बाहिरका छन् । देशका झन्डै ३६ जिल्लाबाट विद्यार्थीहरु यहाँ पढ्न आउने गरेको उहाँले बताउनुभयो । समाजसेवी मैयादेवी श्रेष्ठले स्थापना गरिदिनुभएको यस क्याम्पसमा बिहानी कक्षा नेपाली र अङ्ग्रेजी विषयमा सञ्चालन हुँदै आएको छ ।

    यहाँ अध्ययनरत विद्यार्थीमध्ये झन्डै आधा दिनमा अन्यत्र काम गर्दछन् । अध्यक्ष पौडेलले भन्नुभयो, “हाम्रो क्याम्पसमा पढ्ने धेरैले दिउँसोमा रोजगारी गर्ने गरेका छन् ।” विगतका वर्षहरुमा क्याम्पसका प्राध्यापक, कर्मचारी विभिन्न जिल्लाहरुमा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए । पछिल्ला वर्षहरुमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्युएए०, भौतिक पूर्वाधार, पठनपाठनमा प्रयोग हुने प्रविधि, छात्रवृत्तिलगायत कारण विद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले हाम्रो क्याम्पसमा छिरेको विद्यार्थी भर्ना गरेर मात्र बाहिरिन्छन् ।” ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी श्रेष्ठले भरतपुर महानगरपालिका–१० मा १२ कट्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झनुहुन्छ ।

    समाजसेवी श्रेष्ठको जीवनको अन्तिम क्षणसम्म सेवामा लाग्नुभएका पौडेल क्याम्पसको अध्यक्ष भएसँगै भएका परिवर्तनले पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढाउन सकेको हो । उहाँले भन्नुभयो, “आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट बनाउनका लागि हामी लागिरहेका छौँ ।” क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको पौडेलको भनाइ छ । समाजसेवी एवं राजनीतिकज्ञ मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उहाँको भनाइ छ । रासस

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.