• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

रत्ननगरको रोटरी नमुना मुसहर बस्तीमा खानेपानीको धारा उद्घाटन

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान गरिएको छ । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बन्चित २४ घरघुरीलाई खानेपानीको मिटर सहित धारा जडान गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५० प्रतिशत, वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर नगरपालिकाको सामग्री सहयोगमा धारा जडान गरिएको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

    रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्ष सजना महतोले सयुक्त रुपमा मुसहर बस्तीमा जडान गरिएको खानेपानीको धारा उद्घाटन गरेका हुन् । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशत सम्म अनुदान दिंदै आएको बताए । स्थानीय सरकार, सामुदायिक वनसंग सहकार्य गरी विपन्न समुदायलाई सतप्रतिशत अनुदानमा समेत धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको संख्या करिब ४०० पुगेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले विपन्न समुदायलाई स्वाच्छ खानेपानी लागि स्थानीय सरकारले लगानी गर्न तयार रहेको बताए । नगरबासीको आधारभूत आवश्यकता पुरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नागरिकको न्यूनतम आवश्यकता पुरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने बताए । उपमेयर यादब प्रसाद पाठकले ७० प्रतिशत रोग दुषित खानेपानीको कारण लाग्ने भएकाले नगरबासीको स्वास्थ्यप्रति नगरपालिका चनाखो रहेको बताए ।

    उनले जीविकोपार्जनलाई सहज बनाउन मुसहर समुदाय आयआर्जनसंग जोडिनु पर्ने बताए । वडाध्यक्ष महतोले सीमान्तकृत मुसहर समुदायको न्यूनतम आवश्यकता पुरा गर्न वडाकार्यालय प्रतिबद्ध रहदा रहदै मुसहर समुदाय जीवनस्तर उकास्ने तर्फ अग्रसर नभएको बताए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गैंडाकोट सहित चितवनका ६ वटा रोटरी क्लव हस्तबहादुर प्रतिष्ठान र संसद विकास कोषको लगानीमा २७ घरपरिवार मुसहरहरुलाई घर निर्माण गरिएको जानकारी दिए ।

    बाघमारा वनका अध्यक्ष तामाङले मुसवहर समुदायको विकासको लागि सामुदायिक वनले बालकक्षा, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युतको लागि मिटर बक्स जडान गरेको जानकारी दिए । खानेपानीका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुर्यबहादुर तामाङले मुसहर समुदायको विकासमा वडा कार्यालयले गरेको कामका बारेमा जानकारी गराएका थिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.