हेटौंडा । शनिवार बिहान मकवानपुरमा १९ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार १२ जना पुरुष र ९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान आएको रिपोर्ट अनुसार १९ जनामा संक्रमण पाईएको हो ।
संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका १७ जना, मकवानपुरगढी गाउपालिकाका १ जना र हेटौंडा बस्दै आएका जितपुर बाराका १ जना रहेका छन् । निरीक्षक चौलागाईंका अनुसार कार्तिक १४ गते संकलन गरिएको स्वाब मध्ये १८० जनको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो विहीबार बिहान मकवानपुरमा ३६ जना पुरुष र २३ जना महिला गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।









