• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

रासस मिडिया सङ्ग्रहालय : आमसञ्चारको विकासक्रम बुझाउने थलो

  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आमसञ्चारको विकासक्रम र इतिहास देखाउने उद्देश्यले राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय’ सञ्चालनमा ल्याएको छ । यस प्रकारको सङ्ग्रहालय नेपालमै सम्भवतः पहिलो हो । सामान्यता, ‘गुगल सर्च’ गरेर समाचारको इतिहास खोज्ने पुस्ताका लागि राससले सञ्चालनमा ल्याएको सङ्ग्रहालय अध्ययन सामग्री बन्नसक्ने देखिन्छ । आजदेखि सञ्चालनमा आएको सङ्ग्रहालयलाई यस क्षेत्रका जानकार एवं विज्ञले विगतमा गरिएका काम आगामी पुस्तालाई देखाउने महत्वपूर्ण कदम भन्दै प्रशंसा गरेका छन् ।

    महत्वका हिसाबले इतिहास र अनुभवलाई केलाउँदै प्रविधिमा आएको परिवर्तनले पत्रकारितामा पारेको प्रभाव अध्ययन गर्नेका लागि यो आफैँमा राम्रो थलो भएको उहाँहरुको टिप्पणी छ । एउटै कोठामा राससको इतिहास मात्रै नभई पत्रकारिता क्षेत्रमा देखिएको परिवर्तन र विकासक्रम देख्न सकिने भएकाले पनि पत्रकारिता क्षेत्रका प्राध्यापक, सरोकार भएका व्यक्ति एवं जानकारले ‘पत्रकारिताका बारेमा जानकारी राख्नेका लागि कोशेढुङ्गा’ भएको बताउनुभयो । सङ्ग्रहालयमा राखिएको सामग्री हेरेपछि राससको इतिहास कसैले बताइरहनु नपर्ने एवं सहजै बुझ्न सकिने उहाँहरुको भनाइ छ । उहाँहरुले रासससँगको कुराकानीमा भन्नुभयो, “यो ऐतिहासिक काम हो ।”

    सङ्ग्रहालयमा विभिन्न ४६ प्रकारका सामग्री राखिएका छन् । त्यसमा रेडियो, टेलिभिजन, टेलिप्रिन्ट, राससका प्रकाशन सामग्री, पुराना माइकलगायत छन् । रासस स्थापनाको ६३ वर्ष पुगेका अवसरमा प्रयोग गरिएका प्रविधि, उपकरण, सामग्री, समाचारको इतिहास र प्रकाशन सङ्ग्रहालयमा उपलब्ध छ । रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा जगत् नेपालले राससले सङ्ग्रहालय सञ्चालनमा ल्याएर अत्यन्तै सराहनीय काम गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नयाँ पुस्ताले हाम्रो इतिहास के थियो, कसरी काम भएको रहेछ भन्ने जानकारी दिन्छ । हामी कहाँबाट यहाँसम्म आयौँ भन्ने कुरा बुझ्नका लागि पनि यो अति आवश्यक छ ।” कक्षाकोठमा पढाइएका विषयलाई सङ्ग्रहालयमा आएर हेर्दा ज्ञानको तह उच्च हुने उहाँको भनाइ छ । “राससले जुन सुरुआत गरेको छ । यसलाई थप्दै लानुपर्छ । यो सुरुआत हो । असाध्यै राम्रो छ”, उहाँले भन्नुभयो । यसले आमसञ्चारका विद्यार्थी, अवलोकनकर्तालाई इतिहास देखाउन अत्यन्तै ठूलो काम गर्ने उहाँको भनाइ छ । “सङ्ग्रहालय ज्ञानको भण्डार हो, ‘अर्काइभ’ बिर्सियो भने इतिहास मेटिन्छ । जुन काम भइरहेको छ, यो असाध्यै महत्वपूर्ण छ । राससले जुन काम गरेको छ ।

    यो महत्वपूर्ण र अर्थपूर्ण छ । राज्यका अरु निकायले पनि यो काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले प्रविधिमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्ने राम्रो थलो निर्माण भएको बताउनुभयो । राससले सञ्चालनमा ल्याएको यो सङ्ग्रहालयले पुरानो ज्ञान र अनुभवलाई संरक्षण गरेर राख्ने काम गरेको उल्लेख गर्दै उहाँले यसलाई एउटा कोशेढुङ्गाको सङ्ज्ञा दिनुभयो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका पूर्वप्रमुख चिरञ्जीवी खनालले सङ्ग्रहालयलाई ‘राससको काम र ज्ञानको भण्डार’ को सङ्ज्ञा दिनुभयो ।

    उपभोक्ता र जिज्ञासा राख्नेका लागि विगतमा राससले के गरेको रहेछ र आगामी दिनमा के गर्नुपर्ने रहेछ भन्ने सन्देशसमेत दिने उहाँको भनाइ छ । आमसञ्चारमाध्यमले आगामी दिनमा यस सङ्ग्रहालय हेरेर आफूहरुलाई पनि अगाडि बढाउन सहज हुने उहाँको विश्वास छ । ‘दि नेपाल विक्लीका’ सम्पादक शिरिष बल्लभ प्रधानले ज्यादै महत्वपूर्ण काम भएको प्रतिक्रिया दिनुभयो । अहिलेको पुस्तालाई रासस कुन अवस्थाबाट गुजे्रेर उहाँसम्म आइपुग्यो भन्ने विषयको जानकारी दिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सामान्य मेसिनबाट सूचना महामार्गको युगसम्म कसरी आइपुग्याँै भन्ने इतिहास सङ्ग्रहालयले देखाएको छ ।”

    सामुदायिक रेडियो प्रसारक सङ्घका संस्थापक अध्यक्ष रघु मैनालीले टेलिप्रिन्टरको जमानाबाट हालको अनलाइनसम्म आइपुग्दा भएको परिवर्तनलाई सूत्रबद्ध गर्ने प्रयास राससबाट हुनु आफँैमा महत्वपूर्ण रहेको बताउनुभयो । “ऐतिहासिक विकासका दृष्टिले प्रविधिको विकाससँगै आएको परिवर्तन, सीपमा आएको परिवर्तन, प्रविधिगत सुधारलाई अनुभव गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “समाचार सङ्कलनमा आएको परिवर्तन पनि यसको अर्को पक्ष हो ।” आफ्नो अतीत जगेर्ना गर्ने सन्दर्भमा कार्यालयको एउटा कोठामा ६३ वर्षको इतिहासलाई सङ्ग्रह गर्दै मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो । सङ्ग्रहालय निर्माण र सञ्चालन आफैँमा एक चुनौतीपूर्ण र जटिल छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.