• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनको मुसहर बस्तीमा खानेपानी सुविधा

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नं ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिनुभयो ।

    उहाँले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताउनुभयो । उहाँले वडा नं ७ मा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिनुभयो । सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्न वडा कार्यालय सधैँ प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

    रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई शतप्रतिशत अनुदानमा धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको सङ्ख्या चार सयको हाराहारीमा पुगेको बताउनुभयो । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दे आएको बताउनुभयो ।

    उहाँले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत्को लागि मिटर बक्स जडान गरेको उल्लेख गर्नुभयो । सामान्य आधारभूत कुरामा समेत पछाडी परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दे आएको र यसले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको बताउनुभयो । यस बस्तीमा मानिसको जीवनस्तर उकास्नका लागि परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउनका लागि वनले पहल गदै आएको उहाँको भनाइ छ ।

    नगर प्रमुख प्रह्लाद सापकोटाले पालिकाका नागरिकलार्ई स्वच्छ खानेपानी दिन तथा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताउनुभयो । उहाँले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने उल्लेख गर्नुभयो । बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको रु तीन लाखसम्म प्राप्त गर्नसक्ने प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

    आर्थिक अभावका कारणले कोही पनि नगरवासी खाली हात बस्न नपर्ने उहाँको भनाइ थियो । खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उहाँले हाल मासिक रु ९० खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.