• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

तनहुँ अदालतमा दुई वर्ष नाघेका मुद्दा शून्य

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली (तनहुँ)  ।  तनहुँ जिल्ला अदालतले दुई वर्ष म्याद नाघेका मुद्दा शून्यमा झारेको छ । जिल्ला अदालतमा दर्ता भएर लामो समयसम्म फैसला हुन नसकेका मुद्दाहरू छिटोछरितो न्याय सम्पादन गर्ने नीति अनुरुप दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारिएको हो । अदालतमा अब दुई वर्ष म्याद नाघेका कुनै पनि मुद्दा नरहेको जिल्ला श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा हाल सात सय ३८ थान मुद्दा फर्छ्योट हुन बाँकी छ । त्यसमध्ये छ महिनाभित्रका पाँच सय नौ, छ महिनादेखि एक वर्षभित्रका एक सय ३५, एक वर्षदेखि १८ महिनाभित्रका ८९, १८ महिनादेखि दुई वर्षभित्रका पाँच थान मुद्दा फर्छ्योट हुन बाँकी छ ।

    उहाँले भन्नुभयो, “पुराना मुद्दालाई टुङ्गो लगाउने नीति अनुरुप दुई वर्षमाथिका सबै मुद्दा फर्छ्योट भएका छन् । यो एउटा ऐतिहासिक सफलता हो ।” अदालतले आव २०८०/८१ मा दुई हजार २८ थान मुद्दा फर्छ्योट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्दा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्दा फर्छ्योट भइ सात सय ३८ थान मुद्दा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताउनुभयो ।

    अदालतले अघिल्लो आव २०७९/८० मा एक हजार आठ सय २३ मुद्दा फर्छ्योट गरेको थियो । त्यस आवमा जिम्मेवारी सरी आएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्दा थियो । अदालतमा गत आर्थिक वर्षदेखि तीन न्यायाधीशको दरबन्दी कायम भएसँगै पुराना मुद्दालाई शून्यमा झार्ने नीति लिइएको जिल्ला न्यायाधीश कमलराज विष्टले बताउनुभयो ।

    अदालतमा आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरिआएका र नयाँ दर्ता समेत गरी सम्बन्धविच्छेदका सात सय ८४ मुद्दा रहेकामा छ सय ७२ फर्छ्योट, अंशका चार सय ५५ मुद्दा रहेकामा तीन सय एक फर्छ्योट, चेक अनादरका एक सय ८४ मुद्दा रहेकामा एक सय ३४ फर्छ्योट, लेनदेनका एक सय २१ मुद्दा रहेकामा ७८ फर्छ्योट, लागुऔषधका एक सय २२ मुद्दा रहेकामा ९४फर्छ्योट, चोरी डाँका नकबजनिका एक सय छ मुद्दा रहेकामा ८४ फर्छ्योट, जालसाजीका एक सय ६० मुद्दा रहेकामा एक सय ११ थान मुद्दा फर्छ्योट भएका छन् ।

    बैंकिङ कसुरका ४३ मुद्दा रहेकामा तीन फर्छ्योट, जबरजस्ती करणीका ६७ मुद्दा रहेकामा ३९ फर्छ्योट, सवारी ज्यान अङ्भङ्गका ४५ मुद्दा रहेकामा ३८ फर्छ्योट, घरेलु हिंसाका १३ मुद्दा रहेकामा तीन फर्छ्योट र अन्य छ सय ६६ मद्दा रहेकामा चार सय ७१ मुद्दा फर्छ्योट भएको जिल्ला श्रेस्तेदार पौडेलले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अदालतले लगतको तुलनामा ७३.३१ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको छ ।” अदालतमा सरल मार्गका एक हजार छ सय १० मुद्दा रहेकामा एक हजार दुई सय १९, सामान्य मार्गका आठ सय १७ मुद्दा रहेकामा पाँच सय ४७, विशेष मार्गका तीन सय सात मुद्दा रहेकामा दुई सय ३५ थान मुद्दा फर्छ्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनतर्फ दुई सय ६४ मुद्दा रहेकामा एक सय ५८ फर्छ्योट भएको अदालतले जनाएको छ ।

    दण्ड जरिवानातर्फ रु ५२ करोड आठ लाख ६४ हजार नौ सय ७८ उठाउन बाँकी रहेकामा रु तीन करोड ८० लाख १४ असुल भएको छ । कैदतर्फ दुई हजार दुई सय ३९ वर्ष असुल गर्न बाँकी रहेकामा एक हजार एक सय ७७ वर्ष कैद असुल भएको छ । अदालतका अनुसार बालबालिका प्रतिवादी भएका मुद्दा ७५ थान रहेकामा ६१ फर्छ्योट भएको छ । त्यस मुद्दामा छ बालबालिकालाई पुर्पक्षका लागि बालसुधार गृह पठाइएको छ भने १६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.