• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  जैविक विविधता संरक्षणसम्बन्धी कानुन निर्माण गर्दा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको समन्वयमा असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘रेखाङ्कित पूर्वाधारको विकासमा प्राकृतिक सम्पदाको सुरक्षा’ विषयक कार्यक्रममा सरोकार भएकाहरूले यस्तो जोड दिएका हुन् ।

    समितिका सभापति दिपकबहादुर सिंहले प्रकृतिमा भएका सबै प्राणीलाई बाँच्न पाउने उत्तिकै अधिकार भए पनि मानवीय पक्षलाई विशेष ध्यान दिएर कानुन बनाउनुपर्ने बताउनुभयो । “प्रकृतिमा भएका सबै प्राणालीलाई बाँच्ने उत्तिकै अधिकार छ, त्यसमा पनि मानवीय पक्षलाई बढी ध्यान दिनुुपर्छ । कानुन बनाउँदा विकासलाई प्रोत्साहन र विनाशलाई निरुत्साहन हुनेगरी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । सभापति सिंहले पूर्वाधार विकास गर्दा भावी पुस्तालाई केन्द्रमा राखेर बनाउनुपर्ने र त्यसका लागि सरोकार भएका सबैपक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    “आज सबै पक्षलाई विचार गरेर कानुन बनाएनौँ भने भोलिका सन्ततिले धिर्कानेछन्”, उहाँले भन्नुभयो, “कम्तीमा एकपटक बनाएको कानुन ५० वर्ष पुगोस्, त्यो कानुनका कारण भएको संरक्षण र पूर्वाधार विकासलाई हेरेर भावी पुस्ताले धन्यवाद दिउन् ।” पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकास गर्दा वन, वातावरण र जैविक विविधतालाई असर नपर्ने गरी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको संरक्षणका साथै त्यसको उपयोग पनि गर्नुपर्नेमा जोड दिनुहुँदै सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समेत सन्तुलनमा राखेर काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

    पूर्ववन तथा वातावरणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तु संरक्षण गर्दा मानवीय पक्षलाई ध्यान दिनुपर्ने र समस्या मात्र नभएर समाधानमुखी बहस जरुरी भएको बताउनुभयो । उहाँले आफूले वनमन्त्री हुँदा केही गर्ने प्रयास गरे पनि पर्याप्त हुन नसकेको बताउनुभयो । पूर्वसहरी विकासमन्त्री सीता गुरुङले जैविक विविधताको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तु जोगाउनका लागि ठूलो मानवीय क्षति भइरहेको बताउनुभयो । “वन्यजन्तु जोगाउनका लागि मानवीय पक्षको ठूलो क्षति भइरहेको छ । बाँदरका कारण बस्ती नै विस्तापित भइरहेका छन्, अन्य वन्यजन्तुको पनि त्यतिकै त्रास छ”, उहाँले भन्नुभयो, “नेपालमा कानुन बनाउँदा व्यावहारिक पक्ष र मानवीय पक्षलाई बढी ध्यान दिनुपर्ने देखिएको छ ।”

    सांसदहरू प्रतिमा गौतम, सुशीला श्रेष्ठ, राजेन्द्र बजगाईं र प्रेम महर्जनले मानव-वन्यजन्तु द्वन्द्वका विषय पटकपटक सदनमा उठ्ने गरे पनि समाधान हुनेगरी काम हुन नसकेको धारणा राख्नुभयो । नीतिविज्ञ कमल सुवेदीले नीति तथा कानुन बनाउँदा वर्तमानलाई मात्र नभएर भावी पुस्तालाई समेत समेटेर बनाउनुपर्ने र त्यसमा पनि स्थानीय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो । मञ्चका अध्यक्ष जयदुर्गा बुढाथोकीले मुलुकमा सुशासन, जैविक विविधता, जलवायु परिवर्तन, दिगो विकास क्षेत्रमा मञ्चले काम गर्दै आएको जानकारी गराउनुभयो ।

    उहाँले जैविक विविधता संरक्षण गर्दा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्ने र नीतिगत व्यवस्थाका लागि समन्वय गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा प्राकृतिक जैविक विविधता संरक्षण, प्राकृतिक संरक्षण र त्यसका कानुनी पक्षलगायत विषयमा विभिन्न चार वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.