• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

संस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । चितवनको रत्ननगर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा देशभरमै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को नतिजा अनुसार रत्ननगर नगरपालिका देशभरका नगरपालिका मध्ये तेस्रो र बागमती प्रदेशमा दोस्रो भएको हो । मन्त्रालयले गरेको मुल्याङकनमा ९१ दशमलब ५० अंक प्राप्त गरी तेस्रो हुँदै रत्ननगर नगरपालिका सम्मानित तथा पुरस्कृत भएको छ । देशभरका नगरपालिका मध्ये संस्थागत क्षमता मुल्याङकनमा धादिङको निलकण्ठ नगरपालिका ९२ दशमलब ५० अंक प्राप्त गरी पहिलो र रुपन्देहीको तिलोतमा नगरपालिका ९२ अंक प्राप्त गरी दोस्रो भएको छ ।

    बागमती प्रदेशमा उल्लेखित अंक प्राप्त गरी धादिङको निलकण्ठ नगरपालिका प्रमथ, रत्ननगर नगरपालिका दोस्रो र खैरहनी नगरपालिका ९७ अंक प्राप्त गरी तेस्रो भएको छ । काठमाडौंमा विहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका सचिव भरतमणि सुवेदीले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको प्रमुख आथिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

    मन्त्रालयले शासकीय सुधारमा अग्रसर गराउन स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी नतिजा सार्वजनिक गरेको हो । सम्मानित भएपछि मेयर सापकोटाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनले आफुलाई उत्साहित बनाएको बताए । नगर र नगरबासीको हितमा काम गर्ने थप हौसला प्रदान भएको छ उनले भने नगरको पूर्वाधान विकास, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं ।

    मेयर सापकोटाले स्थानीय सरकारले नगरबासीको आवश्यकता पहिचान गरेर काम गर्नुपर्ने जिम्मेबारीलाई आत्मसाथ गरेर गरेको कामले सफलता मिलेको बताए । नगरपालिकाको कार्यसम्पादन, विकास निर्माण र नगरबासीलाई हित हुने गरी कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताए । मेयर सापकोटाले कार्यभार सम्हालेपछि मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकासको लागि नमुना सडक निर्माण, टिकौलीमा हरियाली पार्क निर्माण भइरहेको छ ।

    कृषि र पशुपालन मार्फत किसानहरुको जीवन स्तर उकास्न अनुदान र उपकरण सहयोग गर्दै आएको सो नगरपालिकाले शिक्षामा पनि लगानी बढाएको छ । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य विमा निःशुल्क, क्यान्सर पीडितलाई आर्थिक सहयोग, रत्ननगर अस्पतालमा उपचार कोष स्थापना गरेको सो नगरपालिकाले घरघरमा ज्येष्ठ नागरिकको उपचारलाई निरन्तरता दिएको मेयर सापकोटाले बताए । उद्यमशिलता विकासका लागि मेयर संग उद्यमशिलता कार्यक्रम अन्तर्गत विना धितो विना व्याज तीन लाख सम्म ऋण प्रदान गर्दै आएको सो नगरपालिकाले विन्नि समुदायको जीविकोपार्जनका लागि सीपमुलक तालिम प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले बताए ।

    संस्थागत क्षमता मुल्याङकन उत्कृष्ट भएको सो नगरपालिकामा प्रत्येक महिना कार्यपालिका बैठक, तोकिएकै मितिमा नगरसभा, बिषयगत समितिहरू सक्रियता, आवश्यक पर्ने ८३ वटा कानुनको निर्माण भई कार्यान्वयनमा रहेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । त्यसैगरी क्षमता विकासका कार्यक्रम सञ्चालन, भुक्तानीमा इएफआइ प्रणाली लागू, आन्तरिक नियन्त्रण प्रणाली, प्रक्षेपित आन्तरिक स्रोत संकलन गर्न सफल, पूँजिगत खर्च र भौतिक प्रगति राम्रो रहेको, नगर र सबै वडा कार्यालयहरू आफ्नै भवनमा रहेको, न्यायिक समिति प्रभावकारी रहेको, फोहरमैला व्यवस्थापान, पार्क निर्माण र संघीय र प्रदेश तहमा समन्वय र सहकार्य उल्लेखनीय काम गरेका कारण लिजामा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको उनले जानकारी दिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.