• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर महानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक (चैत–असार) भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ती, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाललाई प्रश्न गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

    नागरिकको प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पार्दशितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताउनुभयो । भरतपुरले फोहर व्यवस्थापनमा सोचे अनुरुप काम गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । ल्याण्डफिल साईटको जग्गाको देखिएको समस्या समधान भए निर्माण प्रकृयामा जाने उहाँको भनाई थियो ।

    यस तेस्रो चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो।

    कार्यक्रममा चोमासिम प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ४२ करोड १३ लाख ३० हजार रहेकोमा रु ४ अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको उल्लेख गर्नुभयो । यो बजेटको ६४ दशमलव ९९ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८४ दशमलव ७ प्रतिशत र पुँगिगततर्फ ५० दशमलव ५ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८०/०८१ को लागि रु १ अर्ब ७५ करोड लक्ष्य लिएकोमा रु १ अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५ प्रतिशत हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.