• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनको पुरस्कार तीन जनालाई

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न तीन विद्यामा पुरस्कृत गर्ने भएको छ । फाउण्डेशनले हरेक वर्ष वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानू–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही रु ३ लाखको सो पुरस्कार यही भदौ १३ गते प्रदान गरिने आयोजकले जनाएको छ ।

    फाउण्डेशनका अध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गरिने बताउनुभयो । फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको उहाँले जानकारी दिनुभयो । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले फाउण्डेशनले दिने पुरस्कारको महत्त्व र गरिमालाई ध्यान दिएर देश समाजमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई पुरस्कृत गरिनुपर्नेमा जोड दिनुभयो ।

    फाउण्डेशनले पुरस्कारभन्दा माथि उठेर अनुसन्धान र नवप्रवर्तनमा विशेष ध्यान दिएर आगामी दिनमा काम गर्नुपर्ने उहाँले सुझाउनुभयो । पत्रकार प्रतीक प्रधानले फाउण्डेशनले प्रदान गर्ने पुरस्कारलाई पारदर्शी र विवादरहीत बनाइने विश्वास व्यक्त गर्नुभयो । क्याप्टेन रामेश्वर थापाले पत्रकारिता, पर्यावरण, शिक्षालगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई प्रदान गरिने पुरस्कारलाई गरिमामय बनाउन फाउण्डेशनले प्रयास गर्ने भन्दै पर्यटन र पर्यावरणलाई सँगसँगै लैजान जरुरी रहेको बताउनुभयो ।

    नवीनतम विषयमा खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन, अनुसन्धान तथा विकासको क्षेत्रमा फाउण्डेशनले विभिन्न विश्वविद्यालय तथा विशेषज्ञसँग मिलेर सहकार्य गर्ने लक्ष्य लिएको छ । नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहनुभएका पर्यटन व्यवसायी वसन्तराज मिश्रले फाउण्डेशन स्थापना गर्नुभयो । मिश्रले सञ्चालन गर्नुभएको टेम्पलम टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आइरहेको छ ।

    विसं २०७८ मङ्सिर २४ गते स्थापना भएको फाउण्डेशनको संस्थापक अध्यक्षक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र रहनुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहनुभएको छ । संस्थाका ट्रष्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे प्रधान रहनुभएको छ । संस्थाको सचिव राजेन्द्रकुमार महर्जन हुनुहुन्छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.