• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ : मन्त्री यादव 

  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गर्नुभयो । “आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ ।

    पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन”, उहाँले भन्नुभयो,“चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ ।” आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्नुहुँदै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याउनुभयो ।

    उहाँले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो । “ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईहरू डराउनुपर्दैन । नियमवाली परिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो । जनताको हकहितका लागि आवश्यकतानुसार यसलाई परिवर्तन गर्न पर्छ । उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ”,मन्त्री यादवको भनाइ थियो ।

    उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँ जनतालाई खानेपानी उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै उहाँले खानेपानीमा बिजुलीलगायत छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । मन्त्री यादवले साना उपभोक्ता संस्थालाई काम तथा कार्यक्षेत्रका आधारमा गाभेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्य राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले खानेपानीको अधुरो आयोजना पूरा गर्न विभाग लागेको र जलवायु परिवर्तनलगायत कारणले पानीको स्रोत घट्दै जाँदा यसमा समस्या आएको उल्लेख गर्नुभयो । महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा राज्यले लगाउने कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । विभिन्न निर्माण तथा मर्मतकार्य गरिँदा वा खानेपानीको पाइप विछ्याउँदा समन्वय हुनपर्ने उहाँको भनाइ छ ।

    महासङ्घले सरकारले गरेका राम्रो निणर्यमा सदैव साथ दिने प्रतिबद्घता व्यक्त गर्नुहुँदै अध्यक्ष अर्यालले सबैसँग सहकार्य गरेर उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो । महासङ्घका उपाध्यक्ष जनक गिरीले खानेपानीको विद्यमान अवस्था, चुनौती र रणनितिका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

    अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइका कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत कुराहरू प्रस्तुत गर्नुभयो । खानेपानी तथा सरसफाइविज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दिगो विकासका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमम खानेपानी महासङ्घ रत्ननगरका अध्यक्ष माधव अर्याल, चितवन खानेपानी महासङ्घका अध्यक्ष धनराज गुरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलागयतले बोल्नुभएको थियो ।

    त्यस अवसरमा देशभरबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न विधाका चार जना पत्रकारलाई सम्मान गरिएको थियो । गोष्ठीमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.