• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा

  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन । जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरु प्रकाशन÷प्रशारण गर्दै आइरहेको छ ।

    देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रुपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ । नेपाली, अङ्गग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ । यस्तै राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

    यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ । हाल राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो । लोकतन्त्रको सम्बद्र्धन र सुदृढीकरणका लागि सही सूचनाको निरन्तर सम्प्रेषण र उपलब्धता आवश्यक पर्ने कुरातर्फ सचेत रहँदै राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गर्न हामी निरन्तर क्रियाशील छौं ।

    हाम्रो यो पछिल्लो प्रयत्न पनि त्यसैको उदाहरण हो भन्दा अन्यथा हुने छैन । निश्चित समयमा निश्चित समाचार सेवा उपलब्ध गराउँदै अघि बढेकोे राससले बदलिँदो समयअनुसार आफूलाई परिष्कृत गर्दै लगेको छ । पछिल्लो समयमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसले समेटेको बृहत् क्षेत्रबारे सूचना र समाचार सेवा विस्तार गर्ने राससको लक्ष्य हो । देश संघीयतामा गएसँगै समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हरेक क्षेत्र, भूगोल, धर्म, सम्प्रदाय र भाषाभाषीका सूचना र समाचार सम्प्रेषण गर्न रासस प्रतिबद्ध छ ।

    पछिल्लो समय प्रविधि विशेषतः डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन । सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होउन् या त सूचना प्राप्त गर्ने नागरिक, आज कुनै भूगोल वा क्षेत्रमा मात्र सीमित छैनन् । प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ वा भइसकेको छ । आज समाचारका पाठक/दर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् ।

    सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो हेर्न र पढ्न रुचाउँछन् । अति व्यस्त दैनिकीका कारण आमपाठक÷दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ । यही आवश्यकता र समयको मागअनुसार राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घन्टा नेपाली समाचार सेवा सुरु गर्दैछ । राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास हामीले लिएका छौँ ।

    सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्ड–सेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हाम्रो विश्वास छ । परीक्षण अवधिमा सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ । प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ । अन्त्यमा यो सेवा सञ्चालनका लागि सरकारको मार्गदर्शन र राससका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दछौ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.