पाल्पा । राष्ट्रिय समाचार समिति (रासस) को पाल्पा (रामपुर) का समाचारदाता सुशीला रेग्मी ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा आज सदरमुकाम तानसेनमा आयोजित कार्यक्रममा राससकर्मी रेग्मीलाई सम्मान गरिएको हो ।
उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले नगद रु १० हजारसहित सम्मानपत्रद्वारा संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
रामपुर नगरपालिकाद्वारा स्थापित अक्षयकोषको रकमबाट राससकर्मी रेग्मीलाई सम्मान गरिएको हो । पत्रकार रेग्मी विगत एक दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यस्तै पाल्पाका २१ क्रियाशिल पत्रकार समेत सोही कार्यक्रममा सम्मानित हुनुभएको छ ।
सम्मानित हुनेहरुमा झपेन्द्र गहिरे, भगवान भण्डारी, भरत शर्मा, कृष्ण कार्की, यम गाहा, मुक्तिप्रसाद न्यौपाने, कृष्ण दर्नाल, मिलन विक, सीता डोटेल, रमा भण्डारी, दयाराज न्यौपाने, नारायण न्यौपाने, रिमा सोमै, सुनिल कार्की, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, धनबहादुर ठाडा र वीरेन्द्र घिमिरे रहेका छन् ।








