• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा

    लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा ।
    यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ ९महिनावारी सुक्ने समस्या० लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे ।
    तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन । समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ । भनिन्छ ,साहित्यले आम भोगाइलाई बोल्नुपर्छ, अनिमात्र साहित्यक साहित्य जस्तो हुन्छ ।  गीतले ‘मेनोपोज’ बाट उत्पन्न समस्यालाई यसरी शब्दमा उनेकोे छ–
    उमेर पनि ढल्दै गयो जीवनको खेलमा
    मासिक धर्म टाढा भयो यही बेलामा ।
    गरमी र पसिना मनमा छ डर चिन्ता
    के भो के भो थाहा छैन लाग्छ पिरता ।
    चाल बदलियो शरीरको कहिले खुसी कहिले पिर
    नानाथरि कुरा खेल्छन् छैन मनमा थिर ।
    उमेर बढ्दै जाँदा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या महिलामा देखापर्दछन् ।   त्यस्ता समस्यालाई गीतका माध्यमबाट आम समुदायमा मनोरञ्जनले प्रस्तुत गर्दा जनचेतना बढाउन कोशेढुङ्गाको काम गर्दछन् । चिकित्सकका अनुसार महिलाका साझा समस्यामध्ये ‘मेनोपोज’ प्रमुख मानिन्छ । गीतले मनोपोज हुँदाको लक्षण एवं अवस्थालाई यसरी  मार्मिक रुपमा प्रस्तुत गरेको छ–
    किन हो र झर्किएकी बोल्दा पनि बोल्दिनौँ
    हस्पिटलै लान्छु बरु कुरै खोल्दिनौँ ।
    हस्पिटल आउनुभयो राम्रो भयो बस्नुहोस्
    मेनोपोजको समस्या छ बुझी जानुहोस् ।
    महिनावारी बन्द हुन्छ यो उमेरमा नारीलाई
    परिवारले बुझ्नुपर्छ पिरको भारीलाई ।
    सासू, श्रीमान् र चिकित्सकबीचको त्रिपक्षीय पात्रका प्रतिबिम्ब बनाइ यी नै पात्रका माध्यमबाट ‘मेनोपोज’को समस्यालाई  यथार्थपरक ढङ्गमा अभिव्यक्त  गरिएको छ –
    मन जाँदैन पहिलाजस्तो कुनै पनि काममा
    मानसिक रोग लाग्न सक्छ यस्तो बेलामा ।
    निद्रा पनि टाढा भाग्छ हर्मोनको खेल हो
    परिवारको साथ चाहिने यस्तै बेला हो ।
    हड्डी पनि कमजोर हुन्छ मन त्यसै मर्दछ
    क्याल्सियम र पोषकतत्व खानु पर्दछ ।
     मेनोपोजाबाट उत्पन्न समस्याका बारेमा अधिकांश महिला एवं तिनका परिवारलाई जानकारी नै छैन । यस्तो अनभिज्ञताले महिलालाई विभिन्न रोगको जोखिम बढाएको छ  । यसले गर्दा उनीहरुको स्वास्थ्यमा थप जटिलताहरू सृजना भइरहेका छन् ।
    चिकित्सकका अनुसार निन्द्रा नलाग्ने, चिडचिडापन, रुन पन लाग्ने, चिन्ता लाग्ने, खलखल पसिना आउने, शरीर अचानक धेरै तातो हुने, कुराहरू चाँडै बिर्सने, यौन सम्पर्क गर्न अनिच्छुक हुने, कपाल झर्ने, पिसाब छिटोछिटो लाग्ने, पिसाब चुहिनेजस्ता लक्षणहरू मेनोपोजका लक्षणहरू हुन् ।
    सामान्यतया यस्ता लक्षणहरू ४५ वर्षको उमेदेखि ५५ वर्षको उमेरसम्म देखिन्छ । महिनावारी सुक्नुभन्दा केही वर्षअघिदेखि केही वर्षपछिसम्म यस्ता लक्षण देखिने अवधिलाई ‘पेरिमेनोपोज’ भनिन्छ । कुनै–कुनै महिलालाई ४० वर्षको उमेरमा पनि मेनोपोजका लक्षण देखिन सक्छ । गीतले भन्दछ–
    त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी
    सानो–सानो कुरामा नि गर्थिन् झर्किनी ।
    हर्मोनको गडबडीले भाको रैछ समस्या
    मेनोपोजलाई बुझी साथ दिन्छौँ अवश्य ।
    माया अनि साथ दिन्छौँ सजिलैसँग हुन्छ पार
    सहज जीवन हाँसीखुसी हुन्छ परिवार ।
    दिदीबहिनी सबले बुझौँ बढाऔँ जनचेतना
    ८१ साल तिजपर्वको शुभकामना ।
    नेपाल मेडिकल एशोसिएसनले सन् २०१७ मा ४० वर्ष नाघेका दुई हजार महिलामा गरेको अध्ययनअनुसार ५९ दशमलव दुई प्रतिशत महिलालाई मेनोपोजका लक्षण र जटिलताबारे जानकारी छैन । यसैले घरघरमा, टोलटोलमा मेनोपोजका बारेमा जनचेतना जगाउन आवश्यक छ । यसका लागि गीत–सङ्गीतका माध्यम सशक्त र प्रभावकारी हुन्छन् ।
    चन्द्रागिरि–१० स्थित नयाँ बस्तीमा बसोबास गर्ने महिलाद्वारा गठित नवज्योति महिला समूहले प्रस्तुत गरेको जनचेतनामूलक ‘मेनोपोज’सम्बन्धी तिजगीत केन्द्रबिन्दुमा रह्यो । साथै प्रतियोगितामा  प्रथम स्थान हासिल गरेको छ । गीतको शब्द तथा लय संयोजन समूहका सदस्य उषा रिमालले गर्नुभएको थियो भने वाद्यवादनको संयोजन भगवती थापाले गर्नुभएको थियो । त्यस्तै गायनतर्फ समूहका सदस्यहरु उषा रिमाल, सृजना खतिवडा, सरस्वती भण्डारी, शान्ता थापा, कमला खत्री, ऋतुकला पाण्डे, सीता विष्टलगायतले भाग लिनुभएको थियो । गीतमा अप्सरा खड्का र कविता थापाले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
    समूहका अध्यक्ष शारदा खतिवडाले भन्नुभयो, “तिज गीत प्रतियोगितामा भाग लिनु त छँदै छ, आम महिला दिदीबहिनीमा ‘मेनोपोज’का लक्षण, यसले उत्पन्न गर्न सक्ने जटिलता र समाधानका उपायका बारेमा सन्देश प्रवाह गर्नु र जनचेतना जगाउनु नै हामीको मुख्य ध्येय हो । यसैले  समूहले कार्यक्रममा भाग लिने र  मेनोपोज सम्बन्धी  गीत रचना  गर्ने सङ्कल्प गर्यौँ । यसमा समूहका सबै सदस्यले अथक साथ र सहयोग गर्नुभयो ।  प्रतियोगितामा गीततर्फ हाम्रो समूह प्रथम भयो, निर्णायकमण्डलले गीतलाई न्याय दिनुभएको छ । ” उहाँले यसबाट  आगामी दिनमा समूहलाई अझ रचनात्मक सामाजिक काम गर्ने  हौसला मिलेको  बताउनुभयो ।
    प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय एवं सहभागीलाई चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१० का वडाध्यक्ष शिवकुमार महर्जन, वडासदस्यद्वय भेषनाथ उपाध्याय र सीता महर्जनले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.