• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

मैयादेवी कन्या कलेजले ग¥यो दुई सय छात्रालाई सम्मान

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१० मा रहेको मैयादेवी कन्या क्याम्पसले दुई सय जना भन्दा बढी पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलकाअनुसार कलेजमा अध्ययन गरी विभिन्न क्षेत्रमा सेवारत पूर्वविद्यार्थीहरुलाई आइतबार सम्मान गरिएको हो । मैयादेवी कन्या क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु स्थानीय जनप्रतिनिधिदेखि सङ्घीय सांसद, निजामती कर्मचारी, शिक्षण पेसा, कानुन व्यवसाय, पत्रकारिता एवम् व्यापार व्यवसायमा संलग्न रहेका पौडेलको भनाइ छ ।

    क्याम्पसले पहिलोपटक ‘मैयादेवी छात्रा सम्मान–२०८१’ आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको पौडेलले जानकारी दिनुभयो । छात्रा सम्मान कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने समेत उहाँको भनाइ छ । यसैबीच, क्याम्पसले ‘घुमौँ भरतपुर’ शीर्षकमा आयोजना गरेको विद्यालय स्तरीय तीज गीत प्रतियोगितामा नारायणी मावि पहिलो हुँदै २० हजार रुपैयाँ पुरस्कार हात पारेको छ । त्यस्तै आदिकवि भानुभक्त मावि दोस्रो हुँदै १५ हजार, मैयाँदेवी कन्या कलेज तेस्रो हुँदै १० हजार तथा गुञ्जानगर मावि र सरस्वती मावि जीतपुर सान्त्वना हुँदै पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

    २३ वटा विद्यालयका विद्यार्थि सहभागी भएका तीज गीत प्रतियोगिताको विजेताहरुलाई मैयादेवी कन्या क्याम्पस, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितका व्यक्तिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले क्याम्पसले प्र्रसंशनीय काम गरेको भन्दै यसले तीजको मौलिकता संरक्षणसँगै भरतपुरको पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने बताउनुभयो ।

    महानगरपालिकाले विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्दैै आएकोमा कक्षा १२ सम्मका छात्राहरुलाई मध्यनजर गर्दै मैया देवी कन्या क्याम्पसमासमेत सेनेटरी प्याडको व्यवस्था गरिने बताउनुभयो । उहाँले मेयरसँग साइकल कार्यक्रम अन्तर्गत विद्यालय तहमा अध्ययन गर्ने छात्राहरुलाई साइकल प्रदान गरिएको भन्दै मैयाँ देवी कन्या क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई आवश्यकताको आधारमा साइकल वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलले विसं २०५४ सालमा महिलाहरुलाई कक्षा ११ र १२ पढाउने गरी स्थापना भएको कलेजले विसं २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन ल्याएर स्नातक तथा स्नातकोत्तरको पढाइ सुरु गरेको बताउनुभयो । छोरी तथा बुहारीलाई न्यून शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सञ्चालन गरिएको क्याम्पसले गरिब तथा जेहेन्दार र जिल्लाबाट आउने विद्यार्थीलाईसमेत छात्रवृत्ति प्रदान गरेको पौडेलको भनाइ छ ।

    क्याम्पसले विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै विभिन्न पुरस्कारहरु प्रदान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष पौडेलले चितवन जिल्ला पहिलो हुने छात्रालाई रु २१ हजार तथा नेपाल पहिलो हुने छात्रालाई रु ५१ हजार पुरस्कार प्रदान गरिने बताउनुभयो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सम्मान कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख भोजराज न्यौपानेले स्वागत गर्नुभएको थियो ।

    घुमौँ भरतपुर शीर्षकको तीज गीत प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना भएका विद्यार्थीहरुले कार्यक्रममा पुनः आफ्नो प्रस्तुती राखेका थिए । भदौ १४ गते भएको प्रतियोगितामा विजेताको नाम घोषणा गर्दै आइतबार पुरस्कार वितरण गरिएको हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.