• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राससको ऐतिहासिक फड्को : आजदेखि नेपाली समाचार सेवा निरन्तर

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले आजदेखि नेपाली समाचार सेवा निरन्तर प्रदान गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २४ घण्टे सेवाको आज औपचारिक रूपमा शुभारम्भ गर्नुहुने छ । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ ।

    आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी २४सै घण्टा सेवा प्रदान गर्न लागेको हो । स्थापनाकालमा दिनको एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो ।

    त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो । राससले पछिल्लो समय अनलाइनमार्फत निरन्तर रूपमा आफ्नो सेवा सम्प्रेषण गर्दै आएको थियो भने अब आजदेखि राससले आफ्ना सेवाग्राहीलाई २४सै घण्टा समाचार सेवा प्रदान गर्ने भएको छ । यसै सन्दर्भमा राससको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राससको २४सै घण्टा सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको सहयोग हुने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, “अहिले विश्वका सबैजसो सञ्चारमाध्यम दिनरात नभनी २४सै घण्टा नै सञ्चालित छन् । निरन्तर समाचार सेवा प्रवाहमा लागेका छन् । नेपालमा पनि जनतालाई सूचना प्रदान गर्ने दायित्व बोकेको सरकारको महत्वपूर्ण सञ्चार अङ्ग राष्ट्रिय समाचार समिति पनि यसमा अझै बढी जिम्मेवार हुनुपर्छ । रासस समाचारको मुहान हो । कुनै पनि समय घटेका महत्वपूर्ण घटना प्रवाह गर्न रासस चुक्नु हुँदैन । रातिको समय घटेका घटनाका समाचार झनै जनचासोको विषय हुनसक्छ । राससको रात्रिकालीन समाचार सेवाले राससको महत्व बढ्छ भन्नेमा विश्वस्त छु ।

    यसलाई सरकारले आफ्नो उपलब्धिका रुपमा लिएको छ ।” त्यसैगरी राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको २४ घण्टे सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ । “सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेण्ड–सेकेण्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाउन सक्ने सम्भावनालाई राससको यस विस्तारित सेवाबाट न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

    यसैगरी, राससका महाप्रबन्धक सिद्धराज राईले २४सै घण्टा सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले भावी दिनमा हाम्रा सेवाग्राहीबाट प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरिएको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, २०५५ वैशाखदेखि आलेख समाचार, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो (श्रव्य), २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

    राससले विभिन्न (मातृ) भाषामा समाचार बुलेटिन प्रकाशन गरी मिडिया बहुलवादको नीति कार्यान्वयन गर्ने जमर्को गरेको छ । सोही नीतिअनुसार राससले गत वर्षदेखि अवधि भाषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा नै नेपाल भाषा तथा मैथिली भाषामा समाचार सेवा उपलब्ध गराउने तयारीमा जुटेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.