चितवन । विश्व हिन्दु शिवसेना कालदहला कार्य समिति चितवनले नारायणी कला मन्दिर कब्जा गरेको छ । शिवसेनाले विज्ञप्ति एक विज्ञप्ति जारी गर्दै कलामन्दिर कब्जा गरेको जानकारी दिएको हो । ‘आयातित इशाईका गतिविधि बन्द गरी आदरणीय सनातनी कारवारका सम्पुर्ण आमा–बुबा, दाजु–भाइ तथा दिदी बहिनीहरु, कला–साहित्य नाट्य नृत्यको मन्दिरको रुपमा रहेको नारायणी कला मन्दिर सनातन सम्पदा ही रहिरहनेछ ।
विगत केही समयदेखी कना मन्दिरको स्थापनाको उद्धेश्य, मर्म र गरिमालाई धोती लगाउँदै नारायणी कला मन्दिर सञ्चालक समितिको नाम दिइएको सनातन धर्म संस्कृति र परम्परा विरोधी समूहले सनातनीहरुको आस्थाको केन्द्रको रुपमा रहेको हाम्रो नारायणी कला तन्दिर अमुक नामको इसाई मेशिनरी संधाना ठेकेदारी प्रथा बाट भित्रि रुपमा सुम्पिएको हामी सबैलाई थाहै छ ।’ विज्ञप्तिमा भनिएको छ ।
शिवसेनाले नारायणी मन्दिर समितिले समाजका केही विशिष्ठ व्यक्तिहरुलाई आफ्नो राहदरका उपमा दिई उनिहरुकै राज्लाह निर्देशनमा इशाईकरणको ध्येय राधी गैर कानुनी धन्दा चलाएको एक संस्थालाई भाडामा दिई पैसा बुझेको समेत आरोप लगाएको छ । शिवसेनाको सुझावलाई वेवास्ता गरेर अघि बढे थप शशक्त प्रतिकारमा उत्रने बताइएको छ । शिवसेनलाले तत्काल यो समिति भंग गर्न समेत आग्रह गरेको छ ।










