• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विपन्न र अनाथ २७ जनाका शैक्षिक अभिभावक खड्का

  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी ।  “मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह तार लगाउने ठाउँमा पुगेकी छु”, बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा फार्मेसी विषय अन्तिम वर्षको अध्ययन जारी राखेकी बर्दिबास–३ गौरीडाँडाकी वर्माशाखा भन्नुहुन्छ, “पद्मशम्शेर स्मृति प्रतिष्ठानले मेरो शैक्षिक शुल्कको पूरै भार उठाइदिएपछि ढुक्क भएर पढ्न पाएकी छु ।” दलित भनिने सार्की जाति समुदायकी वर्माशाखाजस्ता प्राविधिक धार र वाणिज्य तथा शिक्षा सङ्कायमा स्नातक गरिरहेका समेत अहिलेसम्म २७ जना छात्रछात्राको शैक्षिक अभिभावकत्व प्रतिष्ठानले उठाएको छ ।

    यी सबैको शैक्षिक शुल्कको भार प्रतिष्ठानका तर्फबाट बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले उठाउनुभएको छ । “बा कहाँ ? आमा कहाँ ? अगाडि पढ्न सकुँलाजस्तो लागेको थिएन”, आफ्नो भन्ने घर नभएकी बर्दिबास–१ मा डेरा गरी बसेकी कृति महत भन्नुहुन्छ, “तँ आँट, सघाउने तेराअघि आइपुग्छ भन्ने सुन्थे, मलाई त्यस्तै भयो, प्रतिष्ठानले मेरो पढ्ने रहर पूरा गरायो ।” महत बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको बाली विज्ञान विषयमा डिप्लोमा तहको अध्ययन गरिरहनुभएको छ ।

    विसं २०७७ देखि आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा बर्सेनि नयाँ शैक्षिकसत्र सुरु हुने बेला भएपछि खड्काले प्रतिष्ठानका तर्फबाट छात्रवृत्तिको प्रक्रिया थाल्नुहुन्छ । यसक्रममा हालसम्म (२०८० को नयाँ सत्रसम्म) २७ जनाको शैक्षिक शुल्कको अभिभारा प्रतिष्ठानले उठाएको छ । “२०७७ देखि २०८० सम्मका २७ जना छन्, यसपालि (२०८१) का लागि छात्रवृत्तिमा तीनजनाको नाम छनोट भएको छ, अब उनीहरूले चाहेका शिक्षालयमा भर्ना पाउनेछन्”, खड्का भन्नुहुन्छ, “यो कामले मलाई स्वर्गीय आनन्द दिएको छ, पढ्ने कुरामा सहयोगी हुन पाउँदा मज्जाको खुसी पाइँदोरहेछ ।” नयाँ शैक्षिकसत्र सुरु हुनुपूर्व खड्काको व्यस्तता बढ्छ ।

    अभिभावक नभएर वा अर्थाभावले नै उच्च शिक्षा र प्राविधिक धारको सीपयुक्त शिक्षा पढ्न नपाएकाहरूको खोजी गर्नु र उनीहरूलाई इच्छित विषय पढ्न सघाउन बस्तीबस्ती खोज्दै हिँड्ने गर्नुभएका खड्काको नयाँ शैक्षिकसत्र सुरु हुनासाथ व्यस्तता बढ्ने गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनसँगै खड्का नेतृत्वको पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले प्राविधिक धारको शिक्षा पढ्न चाहनेका लागि छात्रवृत्ति आवेदनको सूचना जारी गर्छ ।

    त्यसलगत्तै आवेदकहरूको योग्यता परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र उत्तीर्णमध्ये अत्यन्त कमजोर अर्थावस्था र अभिभावकविहीन को–को छन् घरघरै पुगेर अनुगमन गरेपछि प्रतिष्ठानले छात्रवृत्ति पाउनेको अन्तिम सूची प्रकाशन गर्ने गरेको छ । यसक्रममा सुरुदेखिका सबै प्रक्रिया स्थानीय प्रशासनका अधिकृत प्रतिनिधि, स्थानीय तहका शिक्षा शाखाका अधिकृत, स्वतन्त्र पत्रकार र शिक्षकहरू सम्मिलित छात्रवृत्ति निर्णायक समितिले गर्ने गरेको खड्काले स्पष्ट पार्नुभयो ।

    आफ्नो घरको गरिबीले उच्च शिक्षा लिन नपाएको बताउने खड्काले पछिल्ला वर्षहरूमा थालेका व्यवसायबाट केही आर्जन हुँदै गएपछि आर्जनको निश्चित प्रतिशत प्रतिष्ठान कोषमा जम्मा गरेर त्यसैबाट विपन्न र अभिभावकविहीनको पठनपाठन खर्च व्यहोर्दै आउनुभएको छ । बर्दिबास चोकमा सञ्चालित होटल विनायक, विनायक बैङ्कुट र सगरमाथा हार्डवेयर पसल खड्काका व्यापारिक प्रतिष्ठान हुन् । “खासमा विनायक होटलले मलाई प्रतिष्ठानको सङ्कल्पमा सघाएको छ”, खड्का भन्नुहुन्छ, “जीवनसँगै मृत्यु जोडिएको सत्य र मर्दा चार हात कात्रोबाहेक केही साथ नजाने कुराले मलाई कमाइबाट केही पुण्य काम गर्नुपर्छ भन्ने चेत खुल्यो, यसमा मैले शिक्षालाई रोजे ।”

    खड्का आफैँ संरक्षक रहनुभएको प्रतिष्ठान उहाँका स्वर्गीय माता पद्मकुमारी र पिता शम्शेरबहादुरका नाममा स्थापित संस्था हो । प्रचलित कानुनअनुसार दर्ता गरिएको यो संस्था शैक्षिक गतिविधिमा सघाउ पुर्याउने उद्देश्यले नै गठन गरिएको खड्का बताउनुहुन्छ । “मैले एसएलसी पास गरेपछि गरिबीकै कारण अघि पढ्न पाइनँ, यो कुराले मलाई घोचिरहन्थ्यो, पछि केही आर्जन गर्नसक्ने भएँ, त्यसैले पढ्न अर्थाभाव भएकाहरूलाई सघाउने निधोमा पुगेँ”, खड्काले छात्रवृत्तिको नालीबेली खोल्दै भन्नुभयो ।

    यस कुरामा आफ्ना स्वर्गीय पितामाताको इच्छा पनि पूरा गरेको सन्तोष मिल्ने गरेको खड्काको भनाइ छ । “मेरा बाआमा दुवैको चौबिस घण्टाभित्र निधन भयो, निधनअघि बाआमाले गरिब र अनाथलाई गर्न सकिछस् भने केही सहयोग गर्नु भन्नुभा’थ्यो, त्यो वचनले पनि मलाई झकझक्यायो ।” खडकाले शैक्षिक अभिभावकत्व लिएका छात्रछात्राले आपूmहरूको परीक्षा अघिपछि फोन गर्ने गर्नुभएको र चाडपर्वमा सम्झने गर्नुभएको बताएका छन् ।

    शैक्षिक शुल्कको अभिभारामात्र नभएर उहाँ (खड्का) अन्य दुःखसुखका कुरा सुन्ने र निरन्तर वास्ता गर्ने घरकै अभिभावकसरह रहनुभएको अहिले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ विषय डिप्लोमा तहको अन्तिम वर्षका छात्र अमर रसाइली बताउनुहुन्छ । बर्दिबास नगरक्षेत्रलाई आधार बनाएर खड्काले सुरु गर्नुभएको छात्रवृत्तिले अहिलेसम्म चारजनाले प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरी कोही उच्च शिक्षाका लागि र कोही कामका लागि विदेश गएका छन् ।

    यिनीहरूको सफलताले आपूmलाई यस कार्यमा झन् उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहुन्छ । शिक्षा क्षेत्र त्यसमा पनि प्राविधिक धारको पठनपाठन हुनुपर्ने खड्काको धारणा छ । खड्काले साधारण कलेजका स्नातक तहका विद्यार्थीलाई पनि सघाउनुभएको छ । तर सीपयुक्त शिक्षाले आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आकर्षक रोजगारीको अवसर दिने हुँदा आपूmले प्राविधिक धारको पठनपाठनमा उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहन्छ । “मेरो २०७७ यता बर्सेनि सालाखाला छात्रवृत्तिमा १५ लाख खर्च हुने गरेको छ”, खड्का भन्नुहुन्छ, “तर मलाई खर्चको चिन्ता हैन, छात्रवृत्ति पाएकाहरूले राम्रो पढेर सीपयुक्त बनुन् भन्ने लाग्छ ।”

    अहिलेसम्म बर्दिबास नगर क्षेत्रलाई मात्र आधार बनाएका खड्काले अब छिमेकका स्थानीय तहमा विस्तार गर्ने सोच बन्दै गएको बताउनुभयो । यस क्रममा बर्दिबाससँग सीमा जोडिएका महोत्तरीका स्थानीय तह थप्ने गरी सोचिएको उहाँको भनाइ छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.