चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आज बिहान ७ः२५ बजे खसेको लेदोसहितको पहिरो पन्छाएर सकिएको छ । पहिरो पन्छाएर सकिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनमा गएरातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढेको छ ।








