र्हेटौँडा । मंगलबार बिहान मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको हो। आज संक्रमित मध्य २३ महिला र ३८ पुरुष रहेको जनाइएको छ। १७ गते संकलन गरिएको १४२ जनाको स्वाबमा ६१ जनामा मात्र कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या ४३ प्रतिशत रहेको छ।









