• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको शिष्टाचार भेट

  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटघाटमा उहाँहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो ।

    साथै उहाँले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले उल्लेख्य सङ्ख्यामा नेपाली नागरिक उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु भए पनि हाम्रा दुई राष्ट्रले बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गरिरहेका छन् ।”

    उपराष्ट्रपति यादवले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदाराट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताउनुभयो । उहाँले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल तत्पर रहेको बताउनुभयो ।

    यसैगरी राजदूत गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफूले ‘नेपाल–माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताउनुभयो । उहाँले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुशी व्यक्त गर्दै माल्टामा १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.