• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनको आज ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उहाँले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्छ भन्नुभयो । “जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो । कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो ।

    यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ । दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रवद्र्धन गरेर समाजवादमा पुग्न सकिने धारणा राख्नुहुँदै संरक्षणमा उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “कृषि प्रधान देशमा हामी परनिर्भर छौँ । बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो,“हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

    पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताउनुभयो । “सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, विसं २०५० मा स्थापना भए पनि संस्थागत हिसाबले २०५६ सालदेखि फाउन्डेसन क्रियाशील छ । रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ”, उहाँले भन्नुभयो,“म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुआतले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ ।

    फाउन्डेसन समाजिक संस्था भए पनि वैचारिक सामाजिक संस्थाका रूपमा परिचित छ, फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ ।” अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको छ भन्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । “कलासंस्कृतिमाथि समस्या देखापरेको छ, भाषा संस्कृतिमाथि हस्तक्षेप भइरहेको छ, राष्ट्र र जनता पहिलो हो, तसर्थ यसलाई ध्यान दिएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको सन्दर्भमा जबज सक्रियता, जनसेवा, पहलकदमी प्रतिस्पर्धा र श्रेष्ठता हो भन्नुभयो ।

    “जबज नेपालको मौलिकतामा विकसित भएको विचार हो, द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रस्तुत हुन दिनुपर्छ भन्ने यसको मान्यता हो । माक्र्सवादको प्रयोगको सिलसिलामा नेपाली मौलिकतामा प्रतिपादन भएको यस सिद्धान्त प्रतिवादबारे हामीले आफ्नो विशिष्टतामा रहेर विश्लेषण गर्नुपर्छ”, पोखरेलले भन्नुभयो । उहाँले नेपालमा एउटा उदार पुँजीवादलाई प्रोत्साहन गर्ने र अर्काे सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दुई धारका शक्ति रहेको उल्लेख गर्नुहुँदै प्रतिस्पर्धामा रहेका दुईवटा धारबीच आपत्कालीन अवस्थामा सहकार्य र प्रतिस्पर्धा दुवै हुन्ने गरेको धारणा राख्नुभयो ।

    कार्यवाहक अध्यक्ष पोखरेलले नेपालको परिवर्तन पृथक ढङ्गले अगाडि बढेको सहमतिको साझा दस्तावेजका रूपमा रहेको संविधानले त्यसलाई संस्थागत गरेको बताउनुभयो । सबै दलहरूको सहमतिका र छलफलका आधारमा संविधान संशोधन अगाडि बढाउन जरूरी रहेको उहाँको भनाइ थियो । “दलहरूका बीचमा विषय र प्रक्रियाका बारेमा छलफल भएन भने संविधान संशोधन हुन सक्दैन । सहमतिका साथ सहकार्य गर्दै जानुपर्छ भन्ने एमालेको धारणा हो, संविधानका आधारभूत कुराबाट विमुख हुनुहुँदैन, संशोधनका विषयमा हिजो संविधान निर्माणमा मुख्य भूमिका खेल्ने राजनीति दलहरुबीच छलफल र सहमति हुनुपर्छ”, पोखरेलले भन्नुभयो ।

    फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारीको योगदानलाई स्थापित गर्ने अभिप्रायले फाउन्डेसनको कार्यक्रम भइरहेका बताउनुभयो । उहाँले लोकतन्त्रका नाममा हुने वैमनस्यतालाई रोक्दै देशको परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने धारणा राख्नुभयो । ‘मिडियामा मदन भण्डारी’ विषयमा प्रकाशित पुस्तकको सम्पादन गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले मदन भण्डारीले त्यतिबेला दिएका सबैजसो अन्तर्वार्ताहरू दूरगामी महत्वका भएको बताउनुभयो । उहाँले भण्डारीका अन्तर्वार्ताहरूको सँगालोका रूपमा प्रकाशित यस पुस्तकमा विसं २०४७ को प्रारम्भदेखि २०५० सम्मका ६३ अन्तर्वार्ता रहेका जनाउनुभयो ।

    कार्यक्रममा जनगायक रामकृष्ण दुवाललाई रु एक लाख एक हजार राशिको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । त्यस अवसरमा डा भेषराज अधिकारी, सुशील प्याकुरेल, रामकृष्ण दुवाललगायतले मन्तव्य राख्नुभएको थियो । जननेता मदन भण्डारीका नाममा विसं २०५६ असोज ५ गते फाउन्डेसन स्थापना भएको हो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.