• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न भएको छ। क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम अङ्कुरम् एकेडेमीको सहआयोजनामा भएको हो । कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए।

    विशिष्ट अतिथिद्वय प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल र अङ्रम् एकेडेमीका निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीर्ण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एसक्युसीको अहं भूमिका हुने भएकोले हरेक विद्यालयमा एसक्यूसी अनिवार्य हुनुपर्नेमा जोड दिए। कार्यक्रममा अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेल, निर्देशक सरला पौडेल, गैँडाकोट इङ्ग्लिस स्कूलका प्राचार्य हिरालाल अर्याल, अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्य, नारायणी पब्लिक स्कूलका प्राचार्य वेदराज न्यौपाने, उषा इंगलिस स्कूलका प्राचार्य नरेश ढकाल, स्मल हेभन मोडेल स्कूलका विद्यालय प्रतिनिधि हरि रानाभाटको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन अङ्कुरम् एकेडेमीकी कक्षा–११ की छात्रा सौरभी हमालले सञ्चालन गरेकी थिइन्।

    एसक्युसी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठ र कार्यक्रम संयोजक अर्जुन जी शर्माले प्यानल डिस्कसन सञ्चालन गरेका थिए भने कार्यक्रममा सहजीकरण चितवन हब समितिका सदस्यहरू दीपा भट्टराई, गोपीलाल श्रेष्ठ र विक्रम बस्ताकोटीले गरेका थिए। आठवटा विद्यालयबाट ८० जना विद्यार्थीहरूको सहभागिता रहेको यस अधिवेसनमा केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइनु, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स्, स्विमिंगलगायतमा विभिन्न स्कूलका विद्यार्थीहरूको मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।

    अङ्रम् एकेडेमी, गैँडाकोट इङ्ग्लिस स्कूल, ग्रीनल्याण्ड पब्लिक स्कूल, अर्किड स्कूल, नारायणी इङ्ग्लिस पब्लिक स्कूल, स्काइ राइडर इङ्ग्लिस बोर्डिंग स्कूल, स्मल हेभन मोडेल स्कूल र उषा इङ्ग्लिस बोर्डिग स्कूलले समूहगत केस स्टडी प्रेजेन्टेसन प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइन, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स आदिमा अब्बल प्रस्तुति प्रदर्शन गरेका थिए। मिश्रित समूहगतरूपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरू पुरस्कृत भएका थिए।

    अङ्कुरम् एकेडेमीका विद्यार्थीहरूले सहभागीहरूको स्वागतार्थ स्वागत नृत्य तथा एसक्युसी गीत प्रस्तुत गरेका थिए। कार्यक्रमका अतिथिलाई प्रमुख अतिथि क्वेष्ट–नेपालकी अध्यक्ष सुरिना गुरुङगले मायाको चिनो प्रदान गरेकी थिइन् भने विजेता सम्पूर्ण विद्यार्थीहरूलाई चितवन हब संयोजक ओमराज मैनाली र सहआयोजक विद्यालय अङ्कुरम् एकेडेमीका निर्देशक नइम चौधरीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए।

    एसक्युसी अर्थात् विद्यार्थी गुणीय चक्राअन्तर्गत हरेक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरूको पहिचान, कारण र निदान खोजिन्छ। क्वेष्ट–नेपाल (चितवन हब)को आयोजना र अङ्कुरम् एकेडेमीको सहआयोजनामा आयोजित उक्त कार्यक्रमको संयोजन अङ्कुरम् एकेडेमीका मावि तह प्रमुख अर्जुन जी शर्माले गरेका थिए।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.