• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिनुभयो । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो ।

    विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताउनुभयो । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी छ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो ।

    सडकको लागत रु एक अर्ब २३ करोड ५० लाख रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण सुरु गरिएको हो । सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ । त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताउनुभयो । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले रु ९५ लाखको ठेक्का गरिसकेको छ ।

    प्रमुख दाहालले भन्नुभयो, “महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना सुरुआतदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्‍याइरहेका छौँ ।” गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भन्नुभयो, “महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।”

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.