• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुग्नुभएका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो ।

    चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् ।

    प्रमुख रेग्मीले भन्नुभयो, “पहिला बाँझो रहने पाखो बारीमा अहिले सिँचाइको व्यवस्था भएसँगै धानका बाला झुलेका छन्, लोपोन्मुख चेपाङ बस्तीमा यस्तो देख्दा आनन्दको अनुभव हुन्छ ।” कालिका नगरपालिका–९, १० र ११ मा चेपाङ समुदायको उल्लेख्य बस्ती छ । ती बस्तीमा यदाकदा धान देखिए पनि धेरै बारी बाँझो हुन्थे । पछिल्ला दिनमा पानीको व्यवस्था गरी ती बारीमा धान बाली लगाउन थालेपछि स्थानीय जनताको जीवनस्तर सुधार भएको पाइन्छ । कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा गाउँमा खेती किसानीमा ध्यान दिने बढेको बताउनुहुन्छ । नगरपालिकाले विभिन्न किसिमका तालिमसँगै बीउ, मल, सिँचाइलगायतका शीर्षकमा सहयोग गर्ने गरेको छ । बाली संरक्षणका कार्यक्रम अघि बढेको छ ।

    उहाँले भन्नुभयो, “पहिला धान नलगाएका ठाउँमा पनि धान रोप्न थालिएको छ ।” पहिलेको भन्दा खेतीपाती लाउने चेपाङ दाजभाइ–दिदीबहिनीको सङ्ख्या बढेको वडाध्यक्ष प्रजा बताउनुहुन्छ । यद्यपि बाढीले बर्सेनि माटो तथा जमिन बगाउने समस्या देखिएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले अनुदानमा उन्नत बोकासँगै बाख्रा वितरण गर्ने गरेको छ । मौरीका घार वितरण गरेर आत्मनिर्भर बनाउन लागिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चेपाङ समुदायले अर्काको लिने होइन, दिने हो, उनीहरूलाई नै सहभागी गराइदिन सक्ने हैसियत बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरेका छौँ ।” तीनवटा वडामा यकिन तथ्याङ्क नभए पनि १५ हजार हाराहारीमा चेपाङ जातिका मानिस रहेको उहाँको भनाइ छ ।

    नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम पौडेल बागमती प्रदेशले चेपाङ समुदायको उथानका लागि ‘चिउरी–चमेरो संरक्षण’ कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । नगरपालिकाले छ सय बिरुवा चिउरी र रातो फूलसहित चमेरो रमाउने ‘बोटल ब्रस’ जातका एक सय बिरुवा वितरण गरेको छ । यसैगरी, चिउरीलगायत बिरुवाको नर्सरी, टनेल निर्माण, अदुवा, हलेदोजस्ता नगदे बालीका बीउ र बिरुवा वितरण गरेको छ । धान र मकैको बीउ वितरण गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रैथाने बाली संरक्षण गर्ने, पोषण र करेसाबारी निर्माणसम्बन्धी तालिम दिएको कृषि शाखा प्रमुख पौडेल बताउनुहुन्छ ।

    स्थानीयलाई तालिम र सहयोग उपलब्ध गराएसँगै कृषि पेसातर्पm आकर्षण बढेको छ । आफूहरु जनप्रतिनिधि भएपछि चेपाङ समुदायलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख रेग्मी बताउनुहुन्छ । नगरपालिकाले पोषणका लागि पशु–चौपाया उपलब्ध गराउँदै आएको छ । जुन ठाउँमा चेपाङ समुदायको बसोबास छ त्यही ठाउँमा उत्पादनमूलक कार्यक्रममा लाग्न सहयोग गरिएको प्रमुख रेग्मीको भनाइ छ । बाँदरको समस्या हुने भएकाले तिनीहरुले नखाने खेती प्रणालीमा जोड दिइएको छ । नगरपालिकाले बाख्रासँगै मौरीका घार वितरण गर्दै आएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “अहिले चेपाङ बस्तीमा जानुभयो भने लहलह झुलेका धानबाली देख्न सक्नुहुन्छ, त्यो हामी सबैको उपलब्धि हो ।”

    धानखेतीका लागि बीउमा अनुदान, सुलभ मूल्यमा मलको व्यवस्थापन गरेर उत्साह थपेको उहाँ बताउनुहुन्छ । पहिला पहाडी क्षेत्रमा जग्गा बाँझै बस्ने गरेको पाखो जग्गा अहिले सुन्दर देखिने तरेली परेका खेतका गराका रुपमा देख्न सकिने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले थप्नुभयो, “लोभलाग्दा गाँजसहित धानका बालाहरु झुलिरहेका मज्जासँग देख्न सकिन्छ ।” उत्पादन बढेको छ । रेग्मी भन्नुहुन्छ, “आगामी दिनमा चेपाङ समुदायलाई माग्ने होइन दिने गरी कृषि क्षेत्रमा संलग्न हुने गरी कार्यक्रम ल्याउँदैछाँै ।” रासस

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.