• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताउनुभयो ।

    उहाँले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्ययोजना तय भएको बताउनुभयो । “आर्थिक मन्दीले सुनचाँदी व्यवसाय फस्टाउन सकेको छैन, विभिन्न माध्यमबाट चोरीपैठारी र आयात भएको छ, यसलाई रोक्न प्रयत्न गरिरहेका छौँ, कोटा प्रणालीमा आयात हुने हुँदा माग अनुसारको आपूर्तिमा पनि समस्या परिरहेको छ, हाम्रो मौलिक परम्परामा आधारित बहुमुल्य बस्तुका गरगहना निर्यातका लागि आपूर्ति सहज बनाउनु आजको आवश्यकता छ, यो क्षेत्रलाई निर्यात र रोजगारीको माध्यम बनाउन हामी तत्पर छौँ”, उहाँले भन्नुभयो ।

    मन्त्री भण्डारीले हाम्रा सम्पदा र मौलिकता गौरवका विषय भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार क्षेत्र मुलुको पहिचान भएको बताउनुभयो । बहुमुल्य बस्तुहरुको चोरी, पैठारी र अनाधिकृत तवरबाट हुने निकासीबाट सरकारले राजश्व गुमाइरहेको भन्दै उहाँले नेपाललाई बहुमुल्य बस्तु निर्यात गर्ने राष्ट्रको रुपमा चिनाउने कुरामा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।

    “हाम्रो भन्सारले पारेको प्रभाव र निर्यातमा भएको समस्या समाधान गर्नु जरुरी छ, यसका लागि मन्त्रिपरिषद र समितिमा छलफल भएको छ, हाम्रो कला, रोजगारी, मौलिक परम्परा यसमा जोडिएको छ, झन्डै तीन लाख रोजगारी सिर्जना भएको यस क्षेत्रका विषयमा सरकार गम्भीर छ, हामीले व्यवसायिकतामा देखिएका जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ, निर्यातका लागि राष्ट्रिय सम्मेलन गरेर निर्यातका बस्तु तय गरिने छन्”, मन्त्री भण्डारीले भन्नुभयो ।

    निजी क्षेत्र, व्यवसायी र व्यापारी हुँदा पनि वित्तीय क्षेत्रमा लगानी थुप्रिएको उल्लेख गर्दै उहाँले घरजग्गामा होइन, उद्योग क्षेत्रमा लगानी प्रोत्साहन गर्नु आवश्यक छ भन्नुभयो, “आन्तरिक र बाह्य लगानी आकर्षित गर्न सरकार प्रतिवद्ध छ ।” सांसद प्रेमबहादुर महर्जनले सबै समुदायमा गरगहना प्रयोग गर्ने संस्कृति रहेको भन्दै यो एक्स्पोबाट व्यापार मात्रै नभइ संस्कृति प्रवद्र्धनमा पनि मद्दत पुग्ने बताउनुभयो । महासङ्घका अध्यक्ष कृष्ण सुनुवारले एक्स्पो मौलिकता सांस्कृतिक विविधताको विकास र स्थानीय व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

    उहाँले स्पष्ट ऐन, नियम र नियमावली नहुँदा रत्न तथा आभूषण व्यवसायमा समस्या भएकाले यसलाई सम्बोधन गर्न आवश्यक भएको बताउनुभयो । प्रतिवर्ष अन्तर्राष्ट्रिय बजारमा रु दुई अर्बभन्दा बढीको रत्न तथा आभूषणको माग रहेकाले निर्यात गरेर व्यपार घाटा कम गर्न सकिने उहाँको भनाइ थियो ।

    ललितपुर रत्न तथा आभूषण सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले रत्न तथा आभूषण क्षेत्रमा निर्यातमा कमी आउँदा उद्यमी व्यवसायी ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा आजदेखि सुरु भएको एक्सपो यही असोज १३ गतेसम्म चल्नेछ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.