र्हेटौँडा । मकवानपुरमा आज पुरूषमा भन्दा महिलामा बढी कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका अनुसार बिहिबार बिहान आएको कोरोना परिक्षणको नतिजामा पुरूषमा भन्दा महिलामा बढी कोरोना पुष्टि भएको हो।आज थपिएका ५१ संक्रमितमा २८ जना महिला र २३ जना पुरुष रहेका छन्। १०९ जनाको १९ गते संकलन गरिएको स्वाबमा ५१ जनामा कोरोना पुष्टि भएको छ।आजको संक्रमित दर ४६ प्रतिशत रहेको छ।









