• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एमालेका युवा विद्यार्थीद्वारा डुबानमा परेका देवघाटका आश्रममा सरसफाइ

  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् । एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका युवा विद्यार्थीहरुले सरसफाइ गरेका हुन् । देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको छ ।

    एमाले निकट युवा विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । एमाले चितवनका अध्यक्ष कमलराज पाठकले करिब १०० जना युवा विद्यार्थीको उपस्थितिमा काम थालिएको बताए । भवनका कोठामा थुपरिएको माटो निकालेर आज नसकिएमा युवा विद्यार्थीलाई भोलि पनि खटाउने बताए ।

    एमाले विगतदेखि नै यस्ता सामाजिक कार्यमा जोडिँदै आएको बताउँदै उनले त्यसलाई निरन्तरता दिँदै यो सरसफाइ गरिएको बताए । युवा विद्यार्थीहरुलाई सामाजिक कार्यमा अगाडि बढाउनुपर्छ भन्ने हेतुले पार्टीले नै निर्णय गरेर यस्ता काममा खटाउने गरेको उनको भनाइ छ । देवघाटका अन्य भवनहरुमा क्षति पुगेको देखेको बताउँदै अध्यक्ष पाठकले यहाँका स्थानीयसँग बसेर नेकपा एमालेले आवश्यक सहयोग गर्ने बताए । आश्रमका अध्यक्ष उत्तमलाल चुकेले आश्रममा रहेका बाआमाका लत्ताकपाडा लगायतका सबै सामग्री समेत नष्ट भएको बताए ।

    उनले टोइलेट बाथरुम पनि जाम भएको जानकारी दिए । आश्रममा रहेका ५ वटा भवनका कोठामा ३ फिटसम्म माटो भरिँदा निकै समस्या परेको उनको भनाइ छ । आश्रममा रहेका बाआमालाई अन्य आश्रममा लागि राखिएको उनले जानकारी दिए । यस्तो परस्थितिमा एमाले पार्टीका तर्फबाट सहयोग भएको प्रति खुसी र आभार व्यक्त गर्दै उनले अन्य पार्टीलाई पनि सहयोग गर्न आह्वान गरे ।

    सरसफाइमा सशस्त्र प्रहरी र रोटरी क्लवले पनि सहयोग गरेको उनले जानकारी दिए । उनले सरसफाइमा अझै सहयोगको आवश्यक रहेकाले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.