चितवन । भरतपुर महानगरपालिकाको बजार अनुगमन प्रभावकारी बन्दै गएको छ । चालू आर्थिक बर्ष शुरु भए देखि नै महानगरपालिकाले बजार अनुगमन कार्यलाइ तिब्रताका साथ अगाडी बढाएको जनाएको छ । महानगरको दैनिक नियमित बजार अनुगमन निकै प्रभावकारी हुँदै गएको छ अनुगमनका क्रममा बाटामा भेटिएका एक सेवाग्राहीले भने,यसलाइ बर्ष भरी नै निरन्तर रुपमा अगाडि बढाउन आबश्यक छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको हो । नियमित बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो । महानगरपालिकाले आज मङ्गलबार भरतपुर क्षेत्रका झण्डै डेढ दर्जन पसलहरुमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा मासु पसल,किराना पसल,दुध डेरी लगाएतका पसलहरुमा अनुगमन गरिएको महानगरपालिकाले जनाएको छ । भरतपुरको मालपोत चोकमा रहेको टि एन किराना पसल,वाइपास रोडमा रहेको कालिन्चोक भेटफर्मा,प्रेरणा भेटेनरी औषधि पसलमा अनुगमन गरियो महानगरको पशु चिकित्सक डा दिपेश केसिले भने,अनुगमनमा चेतनाको कमि र सरसफाइमा कमि भएको पाइएको हुँदा सचेत रहन आग्रह गरियो । त्यस्तै उक्त अनुगमन टोलिले हाकिम चोकमा रहेको शाह किरान एण्ड जनरल स्टोर्स,आयुस किराना स्टोर्स,रिजालचोकमा रहेको रागा मासु पसल र बर्दस बगुर मासु पसलमा पनि अनुगमन गरेको छ ।
अनुगमनमा फेला परेका अखाद्य बस्तुहरुलाइ बिज्ञ र स्वयं पसलेहरुको रोहवरमा जहाको तहि नष्ट समेत गरिएको छ । अनुगमनका क्रममा अखाद्य प्रमाणीत भएको चुक अमिलो,दुध,दही,घ्यु,पनिर,तेल,र मासुमा हेलचक्राइ गरेको पाइएकोले निर्धारित मापदण्ड पुरा गरेर सन्चालन गर्न सम्बन्धित पसलहरुलाइ निर्देशन दिइएको छ । ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ ।
बजारमा कालो बजारी बढेकाे,म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सन्चालनमा आएका, कुनै कुनै पसलहरु नवीकरण नगरिकन संचालित भएका लगाएतका जनगुनासोहरु व्यापक आएको हुँदा हामीले बजार अनुगमन गरिरहेका छौं उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने ।
अनुगमनमा समितिका सदस्य गोपाल दराइ,बिष्णु बहादुर भुजेल,पशु चिकित्सक तथा मत्स्य बिज्ञहरु, नगर प्रहरी लगाएतको उपस्थिति रहेको थियोे । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।








