चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले शेयर सदस्यहरुको उल्लेख्य सहभागी गराउने लक्ष्य अनुसार वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ ।
यही आउँदो कार्तिक ७ गते हुन गइरहेको १७औं वार्षिक साधारण सभा तयारीको लागि विविध विषयमा संचालक समिति र उपसमितिको उपस्थितिमा समीक्षा बैठक बुधबार सम्पन्न गरिएको हो ।
बैठकमा अध्यक्ष धितालले स्वागत मन्तव्य दिँदै संस्थाको वार्षिक कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले आ.व. २०८१÷०८२ को प्रस्तावित नीति तथा कार्ययोजनाको बारेमा आफ्नो प्रस्तुति दिए । ४१ जना शेयर सदस्यहरुबाट स्थापना भएको सो संस्थाले विशेषतः शेयर सदस्यहरुको हकहितलाई जोड दिँदै आएको छ ।
पछिल्लो समय सहकारी संचालकहरु नै ठगी धन्दामा मुछिँदै गएको विभिन्न प्रमाणहरु फेला पार्दै गएको स्थितिमा सबै संचालक, उपसमिति र शेयर सदस्यहरु नै जिम्मेवार बन्नु पर्ने उनको भनाइ थियो । शेयर सदस्यहरुको हकहितको लागि संस्थाले विगतदेखि नै विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएको उनले स्मरण गराए ।
बैठकमा हरेक वर्ष जस्तै यस वर्ष पनि असल शेयर सदस्य बचत, असल कारोबार बचत, शैक्षिक सम्मान लगायत विभिन्न विधाबाट दुई दुई जना शेयर सदस्यलाई पुरस्कृत गरिने निर्णय गरियो ।
वार्षिक साधारण सभाका लागि तयार पार्दै गरेको प्रगति प्रतिवेदन सचिव जयराम पाण्डे र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद घिमिरेले वाचन गरेका थिए । यस्तै व्यवस्थापक विकास पौडेलले वित्तीय विवरणको स्थितिबारे जानकारी गराएका थिए ।
बैठकमा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सहसचिव संगीता गौतम, लेखा समिति संयोजक विनोद पौडेल, सदस्यहरु शम्भु अधिकारी, इन्दिरा पन्त लामिछाने, सीता सापकोटा, नवराज अर्याल, भक्तिराम गौतम, कृष्ण सिलवाललगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा सम्पन्न बैठक सचिव जयराम पाण्डेले संचालन गरेका थिए । वि.सं. २०६५ सालमा स्थापना भएको उक्त संस्थामा अढाई हजारको हाराहारीमा शेयर सदस्यहरु छन् ।








