• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हंस बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सोमबार भरतपुर महानगरपालिका–२ स्थित तीनखोले गुम्बा परिसरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै, हंस सहकारीले २१ वर्षको यात्रा पूरा गरेको स्मरण गराउँदै सहकारीको प्रगति र भविष्यप्रति आशावादी रहेको धारणा राखे। उनले सबैको सामूहिक प्रयासले मात्र सहकारीको विकास सम्भव भएकोमा जोड दिदै, आगामी दिनमा थप प्रगति र सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता जनाए।

    कार्यक्रममा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारीको विगत, वर्तमान अवस्था र भावी योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै संस्थाले ५,१४८ सेयर सदस्यहरूसँग सहकार्य गरिरहेको जानकारी गराए। उनका अनुसार संस्थाको कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार पुगेको छ भने कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार, कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, संस्थाको चुक्ता शेयर पूँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, सेयर लगानी २१ लाख ७७ हजार रहेको बताए।

    कार्यवाहक सचिव प्रा. डा. होमनाथ सापकोटाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, सदस्यहरूको हितमा अगाडि बढ्नुपर्ने र सहकारीलाई नयाँ उचाइमा पुर्‍याउन सबको साथ आवश्यक रहेको उल्लेख गरे। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले आ. व . २०८० / ८१ को मुनाफाबाट ९ प्रतिशत सेयर लाभांश वितरण गरिने जानकारी गराए। उनले आर्थिक वर्ष २०८०/८१ मा ३ करोड २ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिँदै, सेयर सदस्यहरूको लगानीबाट संस्थाले यो प्रतिफल आर्जन गर्न सफल भएको बताए। लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौड्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै, सहकारीमा देखिएका ससाना कमजोरीहरूलाई सुधार्दै संस्था अझ बलियो बनि अगाडि बढ्नुपर्ने बताए।

    साधारण सभामा संस्थाको शिक्षा उपसमितिको समन्वयमा ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित चितवन जिल्लास्तरीय बालकविता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने क्रमश : जानकी माविकी आकृति पराजुली, सिद्धार्थ स्कुल, नारायणगढकी ओजस्वी ढकाल, ओम शान्ति एकेडेमीकी सर्बानी गोदारका साथै, प्रोत्साहन पुरस्कार चितवन माविकी बन्दना कुमाल र राष्ट्रिय मावि, हात्तिबाङकी संगिता चेपाङलाई प्रदान गरिएको थियो।

    यस अवसरमा सहकारीका सदस्यहरूलाई शैक्षिक तथा जानकारीमूलक पुस्तकहरू उपलब्ध गराउने उद्देश्यले संस्थाले हंस सहकारी पुस्तकालयको उद्घाटन पनि गरेको थियो। शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले संस्थालाई पुस्तकहरु हस्तान्तरण गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो। कार्यक्रममा अध्यक्ष चुकेले संस्थाको भावी योजनाहरूलाई सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता र निरन्तर प्रयास आवश्यक रहेको बताए।

    उनले सहकारीको सफल यात्रामा सबैको योगदानको महत्त्व उल्लेख गर्दै, आगामी दिनमा सहकारीलाई अझ सुदृढ र प्रगतिशील बनाउन सबैको साथ र सहयोग अपरिहार्य हुने बताए। यसअघि, असोज १९ गते टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रका इकाइगत सभाहरू सम्पन्न गरिएको जानकारी अध्यक्ष चुकेले दिए।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.