• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो । सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गर्नुभयो ।

    भारतको नयाँ दिल्ली गएर फर्किदै गर्नुभएका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गर्नुभयो । “दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ”, उहाँले भन्नुभयो, “यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी बाटोमै बस्नु प¥यो ।” राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

    सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भन्नुभयो, “बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।” सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो । “सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर हामीले भोलि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ‘नोटिस’ दिँदैछौँ”, उहाँले भन्नुभयो, “उनीहरु रु १३ अर्ब घाटा भयो भनेर ढिलासुस्ती गर्दैछन्, काम नगरे ठेक्का तोड्ने र अन्य प्रक्रियामा जाने चेतावनीसहितको सूचना दिन लागेका हौँ ।”

    यस खण्डको काममा निर्माण कम्पनीको केन्द्रीय कार्यालयले लगानी गर्ने तयारी गरेको बुझिए पनि काम ढिला हुँदा आफूहरुले सूचना दिन लागिएको इञ्जिनियर ढकालले बताउनुभयो । दसैँ सुरु भएपछि सडक विस्तारभन्दा पनि सडक मर्मत गरेर यात्रालाई सहज बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “यो सडक भएर लाखौँ यात्रुले यात्रा गर्नुहुन्छ, सडकको खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “मनसुनपछि पूर्वीखण्डमा पाँच किलामिटर कालोपत्र भएको छ, भने बाँकी मर्मतको काम भएको छ ।”

    एक सय १४ किलोमिटर सडकमध्ये एकतर्फी ६० किलोमिटर कालोपत्र भएको २० किलोमिटर जति पुरानै कालोपत्र रहेको र करिब ३४ किलोमिटर सडक खाल्डाखुल्डीसहित कच्ची भएकाले कच्ची बाटोको यात्रा सहज बनाउन लगाइएको उहाँले बताउनुभयो । नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ । नारायणगढ बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले अहिले आफूहरुले सडक मर्मतलाई प्राथमिकता दिएको बताउनुभयो ।

    “जसरी हुँदै यात्रुहरुको यात्रा सहज बनाउने हाम्रो प्रयत्न छ”, उहाँले भन्नुभयो, “पहिराले सडक अवरुद्ध भएमा तत्काल खुलाउने गरी हामी तयारी अवस्थामा रहेका छौँ ।” पहिरो सम्भावित क्षेत्र दाउन्नेमा अपरेटरसहित एउटा एक्साभेटर, एउटा डोजर तथा एउटा रोलर तयारी अवस्थामा राखिएको मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो, “अवरुद्ध भएको सडक तत्काल खुला गर्नका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरीसहितको सहकार्यमा काम गर्नेगरी योजना बनाएका छौँ ।” मनसुन सुरु भएपछि पश्चिम खण्डमा सडक विस्तारका काम सुरु नभएको भन्दै सडकलाई खाल्डाखुल्डी बनाउतर्फ ध्यान दिइएको योजना प्रमुख मिश्रले बताउनुभयो ।

    “अहिले बुटवलबाट बर्दघाट बढीमा साढे एक घण्टामा पुग्न सकिन्छ भने त्यहाँबाट दाउन्ने आधा घण्टामा पास हुन्छ”, मिश्रले भन्नुभयो, “दसैँमा घर फर्किने यात्रुको यात्रालाई सहज बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ ।” खैरहनी र बुटवलतर्फ केही खाल्डाखुल्डी भएका भन्दै इञ्जिनियर मिश्रले मङ्गलबारसम्म ती खाल्डाखुल्डी पुरेर यात्रालाई सहज पारिने जानकारी दिनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.