• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध

  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनको लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायहरुसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको हुँदा देशको विभन्न क्षेत्रमा चरनको लागि मौरी लैजान पर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बझाईका कारण समस्याहरु उत्पन्न हुने गरेकोले कार्यलयले यसका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाल निकायहरुसँग अनुरोध गरेको हो ।

    कार्यलयका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सुजन अंगाईले हाल मौरीपालकहरुले एपिस मेलिफेरा जातको मौरीलाई विभिन्न जिल्लामा चरनमा लैजाने समय आएको बताउनुभयो । उहाँल मौरीले बोटविरुवामा परागसेचन गर्न सहयोग गर्ने भएकाले बाली तथा बोटविरुवाको वंश संरक्षणमा समेत भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य देशहरुमा बिरुवाहरुको फूल खेल्ने समयमा मौरीलाई भाडामा ल्याएर चराइन्छ तर यहाँ मौरीपालक किसानहरुले उल्टो पैसा तिरेर चराउन लैजादापनि समस्याहरु आउने गरेको किसानहरुको गुनासो हुन्छ ।

    यो कुरा सबैले बुझ्न जरुरी हुन्छ की मौरी चराउँदा बिरुवाको उत्पादनमा बृद्घी हुन्छ यसले कुनैपनि हानी गर्दैन ।” मौरीहरू बिभिन्न प्रकारका फूल फुल्ने बिरुवाहरूमा भ्रमण गर्दा जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम हुने, धेरै बिरुवा प्रजातिहरूको परागसेचनमा योगदान पु¥याई बोटविरुवाहरुको वंश संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाई छ । बिभिन्न फूल फुल्ने वोटविरुवामा खेर जाने पुष्परस र परागलाई मौरीले संकलन गरी मह र कुट बनाउने गर्छ ।

    परागसेचनमा विभिन्न परागसेची जीवहरु मध्ये ७० देखी ८० प्रतिशत कीरा वर्गको भुमिका हुन्छ । त्यसमध्ये मौरीको मात्र योगदान ८०% रहेको उहाँले जानकारी दिनुभयो । धेरै बालीहरू परागसेचनमा निर्भर हुने हुँदा मौरीको सँख्यामा कमी भएमा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न सक्छ भने प्रमुख अंगाईले बताउनुभयो । लामो समयदेखि मौरी पालन गर्दै आउनुभएका कालिका नगरपालिका–६ का मौरी पालक किसान शिवप्रसाद शर्मा पौडेलले मौरी पालन गर्दा चरनको निकै समस्या हुने बताउनुभयो ।

    उहाँले भन्नुभयोे ।“ मौरीलाई चराउन देशको धेरै स्थानमा डुलाउनुपर्छ । विभिन्न स्थानमा लैजाँदा दुख झेल्न पर्छ । के लेर आइस भनेर हैरान गर्ने गर्दछन् । विभिन्न स्थानीय तह, टोल र घरमा समेतसमन्वय गर्नुपर्नेहुँदा निकै झन्झटीलो हुन्छ ।” व्यवसायिक मौरीको संख्या बढी हुँदा चरन क्षेत्रको अभाव पनि हुने गरेको उहाँले बताउनुभयो । चरनको लागि नयाँ स्थान खोज्न पर्ने अवस्था आएको उहाँको भनाई छ ।

    नेपाल मौरी पालन महासंघको निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले महको मूल्य राम्रोे रहेको तर बिचौलियाहरुले किसानहरुबाट सस्तोमा खरिद गरी महंगोमा बेच्ने गरेको गुनासो समेत गुर्नुभयो । हाल चितवनमा करिब ५ सय ५० मौरी पालक कृषकहरुले २० हजार भन्दा बढी घारमा मोरी पालन गर्दै आएका छन् ।

    यहाँका किसानहरुले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलबस्तु रुपन्देही, नवलपरासी, रौतहट मकवानपुर, सर्लाही, महोत्तरीलगायतका जिल्लाहरुमा मौरी चराउन लाने गर्दछन् । जिल्लामा वार्षिक रुपमा ९ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको कार्यलयका प्रमुख अंगाईले जानकारी दिनुभयो । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरि २ जातका मौरीको व्यवसायिक रुपमा पालन हुदै आएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.